default_image

6 years ago

November 15, 2019

ऐतिहासिक पदक विजेता भलिबल टोलीलाई दुतावासको बिदाई

151 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज (शुक्रबार) स्वदेश फर्कदै छ । टोलीलाई आज ढाकास्थित नेपाली राजदुतावासले एक कार्यक्रम आयोजना गर्दै बिदाइ गर्यो ।

कार्यक्रममा बोल्दै सहायक राजदुत धनबहादुर ओलीले नेपाली टोलीलाई ऐतिहासिक सफलताको हासिल गरेकोमा बधाई दिए । ‘ नेपाली टोलीले यहाँ आएर प्रतियोगिता जित्दा हामी निकै खुसी छौं । अझ ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा धेरै खुसी लागेको छ । अब दक्षिण एसियाली खेलकुदमा यसै सफलतालाई निरन्तरता दिनुहुन्छ भन्ने आशा छ । त्यसका लागि शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

कार्यक्रममा नेपाली टोलीलाई शुभकामना मन्तव्यसँगै दिवा भोजनको आयोजना गरिएको थियो । राजदुत ओली प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न बिहिबार खेलस्थल पनि पुगेका थिए । नेपाली टोली आज नै काठमाडौं प्रस्थान गर्दैछ । टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछ ।

बंगलादेशमा भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पार्दै ऐतिहासिक स्वर्ण हात पारेको थियो । एकपक्षीय खेलमा नेपालले २५–१३, २५–१४ र २५–८ को सहज जित हात पार्दै नेपाली भलिबललाई ऐतिहासिक सफलता दिलाएको थियो । सेन्ट्रल जोनमा अपराजित रहँदै च्याम्पियन बनेको नेपालले सबै पाँच खेलमा एक सेट पनि गुमाएन ।

रजतपदक भन्दा माथि उठ्न नसकेको नेपाललाई जगदिश भट्टको प्रशिक्षणमा यो ऐतिहासिक सफलता पाएको हो । सन् २०१४ मा नेपालले काठमाडौंमा आयोजना भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजतपदक जितेको थियो । दक्षिण एसियाली खेलकुदमा नेपालले ३ कास्य जितेको छ ।

नेपालले २०४३ मा थाइल्यान्डसँग खेल्दै अन्तर्राष्ट्रिय भलिबलको यात्रा थालेको थियो । यो सफलता ३३ वर्षपछि आत्मसात गरेको हो ।
१३औं सागको तयारीमा रहेको नेपालले आइतबारदेखि प्रशिक्षण थाल्ने मुख्य प्रशिक्षक जगदिश भट्टले हाम्रो खेलकुदलाई जानकारी गराए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.