6 years ago
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलुकद (साग) का लागि पाहुना टोलीहरुको नेपाल आउने क्रम शुरु भएको छ ।

औपचारिक रुपमा उद्घाटन हुनु अघि नै भलिबलका खेलहरु शुरु हुने भएपछि पाहुना टोलीहरु नेपाल आउने क्रम शुरु भएको हो । त्यसका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिम नेपाल आईपुगेका छन् ।
साग अन्तर्गत बुधबारबाट सुरु हुने भलिबलका लागि तीन राष्ट्रको पुरुष र महिला टिम सोमबार नेपाल आईपुगेका हुन् । सागको अतिथि सत्कार समितिले तीन राष्ट्र नेपाल आइपुगेको र बाँकी दुई राष्ट्र भारत र पाकिस्तान मंगलबार नेपाल आइपुग्ने जानकारी गराएको छ ।

तीन राष्ट्रको भलिबल टिम नेपाल आइपुगेको र बाँकी दुई टिम मंगलबार नेपाल आउने जानकारी गराए । सागको उद्घाटन अघि भलिबलका समूह चरणका खेलहरु सम्पन्न हुनेछन् ।
पुरुषतर्फ समूह ’ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । महिलातर्फ समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । साग अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो दिन लिग चरणमा बुधबार पुरुषततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । सोही दिन माल्दिभ्स र पाकिस्तनबीच साँझ ५ बजे खेल हुनेछ । दोस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्बीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।
यस्तै साग अन्तरगतको महिला भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने छ । नेपालको समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो दिन लिग चरणमा महिलाततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । दोस्रो दिन पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र नेपालबीच खेल हुनेछ । श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]