default_image

6 years ago

November 27, 2019

१३औं साग : भलिबलमा नेपाल र बंगलादेश भिड्दै

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि भलिबलका खेलहरु शुरु हुँदैछ । सागको औपचारिक उद्घाटन हुनु चार दिन अगाडि नै साग अन्तरगतको पुरुष र महिलाको स्पर्धा हुन लागेको हो । उद्घाटन १५ मंसिरमा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

भ्लिबल अन्तरगत नेपालको पुरुष र महिला टिमले आज पहिलो खेलमा बंगलादेशसँग खेल्दै सागको शुरुवात गर्नेछ । महिला टोलीले उद्घाटन खेलमा दिउँसो ३ बजे तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । खेल त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा हुनेछ ।

नेपालले दुई साता अघि बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा ३–० को सोझो सेटमा पराजित गरेको थियो । सोही जितलाई निरन्तरता दिने लक्ष्यमा नेपाली महिला टोली हुनेछ ।

महिला भलिबलमा नेपाल सूमह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । नेपालले पनि स्वर्ण जित्ने लक्ष्य राखेको छ । आजै माल्दिभ्स पाकिस्तानबीच खेल हुनेछ । बुधबार भारत र नेपाल तथा श्रीलंका र पाकिस्तानबीच खेल हुनेछ ।

शुक्रबार भारत बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुने तय छ । शनिबार सेमिफाइनल, सोमबार तेस्रो स्थानको लागि तथा मगलबार स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ । महिला भलिबलमा पाकिस्तान नआउने भएपछि वाकओभर पाउने सम्भावना छ ।

आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्दै सागको शुरुवात गर्नेछ । खेल साँझ ७ बजे सुरु हुनेछ । पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एकै समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । पुरुष भलिबलमा पनि भारत स्वर्णको दावेदार टोली हो । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दोस्रो दिन पाकिस्तान र माल्दिभ्स र तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्बीच खेल हुनेछ ।

शनिबार श्रीलंका र पाकिस्तनबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.