6 years ago
November 27, 2019
सुबास हुमागाईं, काठमाडौं
ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेका छन् । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवैले डेब्यु गरेका हुन् ।

खेल अवधिभर एकपक्षीय दवाव कायम गरेको नेपाल २५-९, २५-९, २५-११ को सोझो सेटमा विजयी रहयो । उषा र हिरा दुवै दोस्रो सेटको अन्त्यतिर कोर्ट प्रवेश गरेका थिए । प्रशिक्षक जगदीश भट्टले पहिलो सेटमा सहज जित दर्ता गर्दै दोस्रो सेटमा पनि फराकिलो अग्रता लिएपछि अन्य खेलाडीलाई अवसर दिएका थिए । यी दुवै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलका लागि घोषित १८ सदस्यीय टोलीमा रहेपनि अन्तिम टोलीमा परेका थिएनन् ।
नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी उषा मात्र १५ वर्षकी छिन् । उनले राष्ट्रिय टोलीबाट खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘ घरेलु कोर्टमा डेब्यु गर्न पाएँ । कोर्ट प्रवेश गर्दा केहि नर्भस थिएँ तर पहिलो स्पाइकमा नै अंक जोड्न सफल रहे । त्यसपछि सबै सहज भयो,’ उनले भनिन् ।

एपीएफबाट खेल्दै आएकी हिराले भलिबल खेल्न थालेको ९ वर्ष भयो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी २५ वर्षीय उनले डेब्यु गर्न पाउँदा लामो समयको मिहिनेतको फल पाएको महसुस गरेको बताइन् । ‘ निकै लामो समय मिहिनेत गरेको थिएँ । सेन्ट्रल जोनको टोलीमा नपर्दा निकै दुख लागेको थियो । अझै मिहिनेत गरे टोलीमा पर्छु भन्ने थियो र परें पनि । देशको लागि खेल्न पाउँदा गर्व महसुस भइरहेको छ,’ हिराले भनिन् ।
सागका लागि घोषित प्रारम्भिक टोलीमा नै अधिकांश नयाँ अनुहार टोलीमा रहेका थिए । सेन्ट्रल जोन प्रतियोगितामा ६ खेलाडीले डेब्यु गरेपछि अहिले हिरा र उषा पनि टोलीका नयाँ खेलाडीमा थपिएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]