6 years ago
November 27, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुदको पहिलो खेलमा बंगलादेशसँग पराजय बेहोर्यो । सुरुवाती सेटमा निकै राम्रो प्रदर्शन गरेको नेपालले पाँचौ सेटमा खेल गुमाएको थियो ।

पहिलो सेटमा जित दर्ता गर्दै अग्रता लिएको नेपालले दोस्रो सेटमा सर्भीसमै ५ अंक गुमाएपछि खेलमा पकड जमाउन सकेन । तेस्रो सेटमा जित दर्ता गरेको नेपालले चौथो सेट २६-२४ को स्थितिमा गुमाएको थियो । पाँचौ सेटको पहिलो अंकमा रेफ्रीले गल्ती गर्दै बंगलादेशलाई अंक दिएपछि नेपालले राम्रो सुरुवात लिन सकेन । पाँचौ सेटको सुरुवाती समय सम्हालिन नसक्दा नेपाल पराजित हुन पुग्यो । अन्त्यतिर लगातार ४ अंक जोडेपनि नेपाल १५-१२ को स्कोरमा सिमित रहयो ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक लेस्ली डे जोङले निकै प्रतिस्पर्धात्मक खेलमा हार बेहोर्नु पर्दा दुख लागेको बताए । ‘खेल निकै प्रतिस्पर्धात्मक रहयो । हामीले सानो सानो गल्ती गर्दा खेल गुमाउन पुग्यौं । दोस्रो सेटमा सर्भीस बिग्रंदा निकै घाटा भयो,’ उनले बताए ।
सर्भीस बिग्रनुमा टोलीको नयाँ रणनीति पूर्ण रुपमा खेलाडीले अबलम्बन गर्न नसकेको प्रशिक्षक लेस्लीको भनाइ छ । ‘ हामीले पहिलाभन्दा सर्भीस परिवर्तन गरेका छौं । विगतमा हाम्रो सर्भीस निकै सहज हुँदा विपक्षीले दवाव कायम गर्न सक्थे । अहिले हामीले पावर सर्भीस गर्दा विपक्षीलाई गाह्रो भएको छ । होला सर्भीस बाहिर पनि गएको छ, तर त्यसलाई कम कसरि गर्नेतर्फ सोच्नुपर्छ । सहज सर्भीस गरेर विपक्षीलाई फाइदा दिने पक्षमा म छैन,’ उनले प्रष्ट पारे ।

लेस्लीले छोटो समयमा नै टोलीको रिसिभमा भने प्रगति भएको बताए । ‘हामीले रिसिभमा निकै राम्रो प्रगति गरेका छौं । सेन्ट्रल जोनमा हामीले गरेको प्रदर्शन र अहिले गरेको प्रदर्शनमा फरक छ । आज सुरुवाती सेटदेखि अन्त्यसम्म नै रिसिभ राम्रो रहयो । दुर्भाग्य भन्नुपर्छ हामीले खेल हार्न पुग्यौं,’ उनले थपे ।
कप्तान ईम रानाले पनि प्रशिक्षक लेस्लीको धारणाझैं सर्भीस नै खेलको टर्निङ पोइन्ट भएको बताए । ‘ हामीले बिचमा सर्भीसमा निकै गल्ति गर्दा खेल गुमायौं । विगतभन्दा हाम्रो प्रदर्शनमा सुधार आएको छ । लेस्लीले जम्मा २ साता प्रशिक्षण गराएपनि टोलीमा निकै परिवर्तन आएको देख्न सकिन्छ,’ उनले भने ।

नेपालले अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न भारतलाई हराउनुको विकल्प छैन । त्यसअघि बिहीबार समूहको अर्को खेलमा भारत र बंगलादेश खेल्नेछन् । प्रशिक्षक लेस्लीले भारत नेपालको तुलनामा निकै माथिल्लो स्तरको टोली रहेको स्वीकार्दै खेलमा आफ्नो सम्भावना भने रहेको बताए । कप्तान ईमले पनि जतिसुकै बलियो प्रतिद्वन्द्वी भएपनि मैदानमा डटेर खेल्ने अभिव्यक्ति दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]