default_image

6 years ago

December 18, 2019

राखेपमा रमिता !

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा परिचालित स्वयम सेवक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वबीच विवाद भएको छ । साग सकिएको एक साता पछि बुधबार स्वयम सेवकलाई विदाई गर्न र प्रमाण पत्र वितरणका लागि आयोजित कार्यक्रम नै विवादित बनेको थियो ।

 

 

प्रमाणपत्रको विषयलाई लिएर सुरु भएको विवादले अन्ततः सुरक्षाकर्मी बोलाएर नियन्त्रणमा लिनु परेको थियो । विनोद श्रेष्ठ संयोजक रहेको स्वयम सेवक परिचालन समितिले सागमा भन्डै ५ सय स्वयम सेवक परिचालन गरेको थियो । संयोजक श्रेष्ठले विदाई गर्ने, प्रमाण पत्र वितरण र त्यसपछि चियापानको कार्यक्रम तय थियो । तर राखेपले बनाइदिएको प्रमाण पत्रमा केहि मानविय त्रुटी भेटिएपछि विस्तारै त्यहाँबाट विवाद सुरु भएको थियो ।

‘हातले लेखिएका कतिका नाम थरमा गल्ति पाइयो । केहिले प्रमाण पत्र पाएनन्, सयोजक श्रेष्ठले भने, त्यसका वावजुद पनि मैले नपुगेका लागि प्रमाणपत्र बनाइदिने र गल्ति भएको सच्चाउनु वचन दिएको थिए । त्यति बेला सबै विषय टुंगिएको थियो । पछि फेरि त्यस विषयमा विवाद भएपछि विवादले उग्र रुप लियो ।’

सबैलाई प्रमाणपत्र वितरण गर्न नभ्याइने भएपछि राखेप सदस्य सचिव रमेशकुमार सिलवालले समूह समूह बनाएर एक मुष्ट प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमपछि प्रमाण पत्रको विषयलाई लिएर विवाद सुरु गरिएको र परिषद्मा तोडफोडको गरिएको आरोप सदस्य सचिव सिलवालले लगाए ।
‘हातले लेखेको होइन । नाम कम्प्युटर प्रिन्ट हुनुपर्छ । कोहीले फोटो राखिनुपर्छ भन्ने जस्ता साना साना विषयमा विवाद गर्ने प्रयास गरियो ,’ उनले भने, ‘खासमा त्यसमा केहि घसुपैठ भएको पाइयोे । त्यसमा हामीले आइडेन्टिफाइ पनि गरेका छौं । २/४ जनाले वातावरण विगारेका हुन् । ‘

स्वयम सेवकमध्येका एकले स्वयम सेवक परिचालन समितका सचिव प्रेम मल्लका कारण विवाद सुरु भएको बताए । गुनासो लिएर जाँदा राखेप सदस्य सचिवले पनि थप चिढाउने काम गरेपछि माहौल बिग्रेको र पछि हातपातसमेत गरिएको उनको आरोप थियो । ‘सुनियोजित रुपमा बाहिरबाट केटाहरु बोलाएर कुटाउने काम भएको छ, ‘स्वयम् सेवक मध्येका एकले भने, ‘प्रमाण पत्रमा गल्ति भएको त्यहि विषयमा आफ्नो कुरा राख्न जाँदा अवस्था दुःखत घटना भयो ।’

समितिका संयोजक श्रेष्ठले स्थितिलाई सामान्य पार्न सुरक्षाकर्मीलाई बेलाउनु परेको सुनाए । उनले बुधबारको घटनालाई अन्तिम गाँसमा ढुंगा लागेजस्तो भएको बताए । उनले दुवै पक्षबाट कमजोरी भएको र त्यसमा धमिलो पानीमा माछे मार्न चाहनेले त्यसको फाइदा उठाएको बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.