default_image

6 years ago

January 6, 2020

भलिबल क्लब च्याम्पियनसिप अर्को महिना

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले अर्को महिना आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना प्रतियोगिता माघ ३ गते देखि १० गते सम्म सञ्चालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हालमा हुनेछ ।

यस पटक महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहने संघले जनाएको छ । महिलामा तीन विभागिय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ) , न्यू डायमन्ड, जाउलाखेल,ढोरपाटन, चितवन टाइग्रेस र गन्डकी प्रदेशको सहभागिता रहनेछ ।

पुरुषमा तीन विभाग , हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल,ढोरपाटन,काभ्रे जिल्ला , गन्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लबले प्रतिस्पर्धा हुनेछ । सहभागी क्लबले ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

प्रतियोगिताको गत संस्करण महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले जितेको थियो । विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला/पुरुषले समान २५  हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दुवैतर्फका उत्कृष्ट लिब्रो, सरभर,ब्लकर,लिफ्टर,स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् । ८ लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा २३ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.