default_image

6 years ago

January 7, 2020

‘यो जित छोरीलाई जन्मदिनको उपहार’

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठ हाल माल्दिभ्सको लिगमा व्यस्त छन् । उनी लगातार दोस्रो सिजन माल्दिभ्स लिग खेल्ने क्रममा गुडिस क्लबबाट खेलिरहेका छन् ।

नेपालमा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ सम्मिलित गुडिस स्पोर्ट्स क्लबले सोमबार दोस्रो राउन्डमा दोस्रो जित निकालेको छ । मानबहादुरले उक्त जित नेपालमा रहेकी आफ्नो छोरीलाई समर्पित गरे । लगातार दोस्रो वर्ष भलिबल खेल्नकै कारण देशबाहिर रहेका उनले छोरीको जन्मदिन मनाउन पाएनन् ।

‘ आजको जित छोरीलाई जन्मदिनको उपहारको रुपमा सुम्पेको छु । भलिबल खेल्नकै कारण लगातार दोस्रो वर्ष छोरीको जन्मदिन मनाउन पाइएन,’ उनले हाम्रोखेलकुदसँग भने, ‘ खेलाडी भएपछि बिरलै आउने यस्तो अवसर छोड्ने कुरा पनि भएन । अब नेपाल फर्किएर जन्मदिन मनाउने योअजना बनाएको छु ।’ मानबहादुरले पूर्व भलिबल खेलाडी लिसा थापासँग प्रेम विवाह गरेपछि दुई वर्षअघि पुत्रीलाभ भएको थियो ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा सोमबार भएको दोस्रो राउन्डको अन्तिम खेलमा स्पोर्ट्स क्लब सिटीलाई सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा गुडिसले २५–१३, २५–१२ र २५–१५ को सहज जित निकाल्यो । गुडिसको समग्रमा यो पाँचौ जित हो । गुडिसले ७ खेलमध्ये ५ र जित र दुई खेलमा हार बेहोर्‍यो ।

जितसँगै गुडिसले दोस्रो राउन्डमा तेस्रो भएको छ । अब गुडिसले सेमिफाइनल प्रवेशका लागि पुनः स्पोर्ट्स क्लब सिटीसँग नै खेल्नेछ ।
त्यसपछि फाइनल प्रवेशका लागि धिवेही सिफेंगे क्लब र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलमा पराजित र दोस्रो इलिमेटरबीचको विजेताले शुक्रबार पुनः फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।

मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् ।

डिसेम्बर २५ देखि शुरु भएको माल्दिभ्सको लिगमा पहिलो राउन्डमा ५ तथा दोस्रो राउन्डमा चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.