6 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारा नगरपालिका ललितपुरमा जारी प्रदेश ३ स्तरीय महानगर कप महिला र पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ‘एु’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । चौताराले २ खेलबाट ६ अंक जोड्यो । यही समूहबाट ४ अंक जोडेको ललितपुर समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो । भक्तपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पुरुषतर्फ नै महालक्ष्मी नगरपालिका र पनौती नगरपालिकाले क्वाटरफाइनलमा स्थान बनाए । यो समूहबाट टोखा बाहिरिने टोली बन्यो ।
समूह ‘डी’ मा कमलामाई नगरपालिकाले गोदावारीलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । यस्तै गोकर्णेश्वरले धुलिखेललाई सोझो सेटमा हरायो ।
महिलातर्फ चन्द्रागिरीले बनेपालाई तथा गोकर्णेश्वरले हेटौडालाई समान ३–० को सोझो सेटमा हरायो । यस्तै विदुरले टोखालाई ३–१ को सेटमा पाखा लगायो ।
ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]