default_image

4 years ago

January 7, 2020

एपिएफ र आर्मी एकै समूहमा

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको एकै समूहमा परेका छन् । ७ टोलीको सहभागितामा ढोरपाटन स्पोर्टस् क्लबको गोगंबु बसपार्क नजिक रहेको कार्टमा मंगलबार सुरु हुने प्रतियोगिता पुस २६ गते सम्म चल्नेछ ।

आयोजक न्यु डायमण्ड क्लबले मंगलबार राखेको टेक्निकल बैठकमा खेल तालिका सार्वजनिक हुँदा एपिएफ, आर्मीका साथ समूह ‘ए’मा पारामाउन्ड इङ्लिस बोडिङ स्कुल र पोखराको टप्स माविक रहेका छन् । त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । प्रशिक्षणले मात्रै भलिबल विकासमा पुर्णता पाउने नदेखिको उल्लेख गर्दै न्यु डायमन्डले दुई वर्ष अघिदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

तेस्रो पुरस्कार रकम मुक्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ । चौथो पुरस्कार निलगिरी युथ क्लब टुकुचे मुस्ताङले प्रायोजन गरेको बताइएको छ । ब्ल्याक हर्स सुज इन्ड्रस्ट्रिज, चन्द्रागिरी नगरपालिकाका १३, १५, ११, १२, ८, ५, ७ र ९ वडाहरु, दर्शन मोनिका ट्रान्सपोर्ट प्रालि, होस्टे हैसै सहकारी, चन्द्रागिरी हिल्स्, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हनुमान सहकारी, स्रोता फाइनान्स, फेवा पब्लिक स्कुल, ज्ञानसुधा एकेडेमी, माता मनकामना सप्लायर्सले प्रतियोगितामा सहयोग गरेका छन् ।

त्यस्तै न्यु मुक्तिनाथ इन्टरप्राइजेज, ह्वाइट ब्रिज इन्टरनेसनल प्रालि, ग्रेस इन्टर प्राइजेज, समृद्धि ट्रेड इन्टरनेसनल र एसियन इन्टरनेसनल विजनेस प्रालि, सञ्चराम तामाङ, नरेन्द्र राई, भीमसेन कार्की, प्रकाश शाही,कृष्ण बहादुर अधिकारी, बुद्ध गुरुङलगायतले सहयोग गरेको न्यु डायमन्डले जनाएको छ ।

May 14, 2024

दसौं राष्ट्रिय खेलकुद नीति तथा कार्यक्रममा समावेश

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले यो वर्ष दसौं राष्ट्रिय खेलकुद आयोजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । राष्ट्रिय खेलकुद परिषदले डेढ वर्ष अघि नवौं राष्ट्रिय खेलकुद समापनका दौरानमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको […]

May 14, 2024

टाइगर कप भलिबलमा १८ लाख भन्दा बढी बचत

पोखरा (हाम्रो खेलकुद)– गत वर्ष भएको चौथो टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको जानकारी दिएको हो । गत माघ १ देखि ७ […]

May 14, 2024

ई स्पोर्ट्स च्याम्पियनसिप र एक्स्पो सुरु हुँदै

काठमाडौँ — चौंथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ तयारी पूरा भएको छ । भृकुटीमण्डपस्थित एक्स्पो हलमा मंगलबारदेखि सुरु हुने च्याम्पियनसिप तथा एक्स्पो माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रूपमा आयोजना गनै लागेको हुन् । वैशाख ४ गते सम्म हुने च्याम्पियनसिप तथा एक्स्पोका दौरान नेपाल स्पोर्ट्स कन्क्लेभ तथा स्पोर्ट्स फिटनेस […]

Success

Thank you for your time.