6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आयोजक न्यू डायमण्ड क्लबबाट होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता खेलिरहेकी छिन् ।
बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगितामा न्यू डायमन्डले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिताका सुरुवाती दुई खेलमा नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
पश्चिमाञ्चलबाट खेल्दै आएकी अरुणाको टोली न्यु डायमन्डमा सहभागी नभएपनि उनी न्यु डायमन्डमा आबद्ध भएकी हुन् ।’ हिजो बेलुका मात्र अरुण खेल्न तय भएको हो, क्लबकी अध्यक्ष सुनकेशरी मालीले भनिन्, ‘अहिलेका लागि यो प्रतियोगिता हामी कहाँबाट खेल्ने भन्ने हो । हाम्रो प्रयास लामो समय क्लबबाट खेलाउने हुन्छ । थप छलफल पछि गर्छौ ।’
अरुणाले यसअघि पनि न्यु डायमन्डबाट खेलिसकेकी छिन् । त्यति बेला उनका साथमा पश्चिमाञ्चलकै मन्जु गुरुङले पनि खेलेकी थिइन् । अरुणाको कप्तानीमा नेपाली टोलीले पछिल्लो ३ महिनामा दुई ठूला सफलता हासिल गरेको थियो ।
कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको नेपाली टोलीले गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागको ३५ वर्षे इतिहासमा नेपालले रजत पदक जितेको त्यो पहिलो पटक हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]