default_image

4 years ago

January 8, 2020

चन्द्रागिरी र ललिपुर पुनः भिड्ने

ललितपुर(हाम्रो खेलकुद)– चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गतको महिलातर्फ फाइनलमा भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिका नुवाकोटलाई ३–० को सेटमा पराजित गर्दै चन्द्रागिरी उपाधि नजिक पुगेको […]

31 views

0 Bookmark

ललितपुर(हाम्रो खेलकुद)– चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गतको महिलातर्फ फाइनलमा भिड्ने भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिका नुवाकोटलाई ३–० को सेटमा पराजित गर्दै चन्द्रागिरी उपाधि नजिक पुगेको हो । एकपक्षीय खेलमा चन्द्रागिरीले विदुरलाई २५–१४, २५–१५ र २५–९ को सोझो सेटमा हरायो ।
बुधबारै ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई २५–१३, २५–१३ र २५–१६ को सोझो सेटमा जित निकाल्दै फाइनलमा चन्द्रागिरीसँगको फाइनल भेट पक्का गरेको हो ।

चन्द्रागिरी र ललितपुरले समूह चणमा पनि प्रतिपर्धा गरेका थिए । जसमा चन्द्रागिरी ३–२ को सेटमा विजयी हुन सफल भएको थियो । महिलातर्फ गोकर्णेश्वरले विदुरलाई पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । यस्तै पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । पुरुषतर्फको सेमिफाइनलमा चौतारा र महालक्ष्मी तथा ललितपुर र कमलामाइबीच खेल हुनेछ ।

ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । यस्तै, चौथोले २५ हजार पाउने तथा सेमिफाइनलमा पुग्ने टिमले १५–१५ हजार पाउनेछन् । सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५–५ हजार पाउनेछन् ।

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.