6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई शुक्रबार आफ्नै क्लबले आयोजना गरेको न्यु डायमण्ड कप प्रतियोगितामा दर्शकहरुको एक समूहबाट सम्मानित भएका छन् । भोजपुरको राई समूहले प्रशिक्षक राईलाई थप हौसला स्वरुप नगदसहित सम्मानित गरेको हो ।

भलिबलमा अनवरत रुपमा लाग्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै कुमार थुलुङ राईको सक्रियतामा शुक्रबार प्रशिक्षक राई नगद २५ हजार रुपैया र सम्मानपत्रले सम्मानित भएका हुन् । राई समूहले हौसला स्वरुप उनलाई सम्मानित गरेको हो । त्यसअघि कुमार थुलुङ राईले व्यक्तिगत रुपमा न्यु डायमन्डलाई ५ हजार सहयोग रकम उपलब्ध गराएका थिए । उनले टोलीकी कप्तान ललिता नाथलाई उक्त रकम हस्तान्तरण गरे ।
प्रशिक्षक राईले विगत १३ वर्षअघि देखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् । डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सिभिल टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले दर्जन बढी उपाधि जितेको छ । प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ र रमिला तन्डुकारजस्ता खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन् । प्रतिभा, रेश्मा र सलिना हाल राष्ट्रिय टोलीका खेलाडी हुन् ।
शुक्रबार ललितपुरमा सम्पन्न भएको प्रदेश ३ स्तरीय महिला तथा पुरुष भलिबल अन्तरगत महिलातर्फ चन्द्रागिरी च्याम्पियन बन्दा टोलीका सम्पुर्ण खेलाडी डायमन्डकै रहेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]