default_image

4 years ago

January 11, 2020

सागका पदक विजेता मन्डे र लक्ष्मी सम्मानित

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो पदक जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनकी रजत पदक विजेता लक्ष्मी बनलाई शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार सम्मानित गरेका छन् ।


शिखरदिपले आफ्नो बार्सिक साधारणसभाको अवसरमा दोहोरो स्वर्णपदक विजेता मन्डेलाई २५ हजार रुपैया र रजतपदक विजेता भारोत्तोलनकी लक्ष्मीलाई १० हजार रुपैयाले सम्मानित गरेको हो ।


मन्डे र लक्ष्मीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्माले सम्मानित गरे ।

May 11, 2024

कर्णाली हाफ म्याराथन- पुष्पा र नरेन्द्रलाई उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा पुष्पाले  १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएकी हुन् । नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर […]

May 10, 2024

पोखरा स्पोर्टस अवार्ड – सुष्मिता र अर्जुन वर्षका उत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद) – आइटिएफकी तेक्वान्दोकी सुष्मिता थापा मगर र क्रिकेटमा अर्जुन कुमाल पोखरा स्पोर्टस अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना शुक्रबार भएको आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा सुष्मिता र अर्जुन वर्षको उ्रत्कृष्ट चुनिएका हुन् । उत्कृष्ट महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा थिए […]

May 10, 2024

चन्द्रागिरीमा स्कुल टु ओलम्पिक कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिकामा ओलम्पियन र अन्य खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको छ । चन्द्रागिरी नगरपालिकाको आयोजना तथा नेपाल ओलम्पियन एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा विधार्थीहरुले ओलम्पियन र अन्य खेलाडीसँग जिज्ञासा राखेका थिए । ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, […]

Success

Thank you for your time.