6 years ago
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच खेल हुँदैछ ।

खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा दिउसो १ः३० बजेपछि शुरु हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र आर्मीबीच् बिहान ११ः३० बजे प्रतिस्पर्धा हुदैछ ।
शनिबार सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई तथा डायमन्डले अर्काे विभागीय टोली आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त तय गरेको थियो ।
एपीएफ पहिलो संस्करणमा उपविजेता तथा दोस्रो संस्करणको विजेता टोली हो । पहिलो संस्करणमा एपीएफ न्यु डायमन्डसँग नै पराजित हुदै उपविजेता बन्दा गत संस्करणमा डायमन्डलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।
यि दुई टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एपीएफ सिजनको तेस्रो उपाधिको खोजीमा हुनेछ । यो सिजन एपीएफले खेलेका सबै चार खेल आठौं राष्ट्रिय खेलकु र शेरबहादुर खड्का स्मृति महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको थियो । यता, डायमन्ड एपीएफलाई पराजित गर्दै सिजनको पहिलो उपाधिको खोजीमा हुनेछ । यो सिजन डायमन्ड पोखरामा बाहेक अन्य खेलको फाइनलमा पुग्न सकेको छैन ।
होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
३ विभागसहित ७ टोलीको सहभागिता रहेको प्रतियोगितालाई मुक्तिनाथ बिकास बैंक, निलगिरी युथ क्लब ब्लयाक हर्स सुज, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडा र चन्द्रागिरी हिल्स लगायत विभिन्न सहयोगी दाताहरुले सहयोग गरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]