default_image

4 years ago

January 12, 2020

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगितामा तेस्रो भएको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।

गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो । जितसँगै पुलिसले १ लाख ५१ हजार १ सय १० रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आजै नेपाल एपिएफ क्लब र आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबबीच फाइनल खेल हुनेछ । एपिएफ र न्यू डायमण्ड लगातार तेस्रो संस्करणमा फाइनल खेल्दैछन् । पहिलो संस्करण न्यू डायमण्ड र दोस्रो एपिएफले जितेको थियो । पयसपटकको विजेताले ४ लाख १ हजार र दोस्रो हुने टोलीले ३ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 16, 2024

राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको‌ उद्घाटन गरेका हुन्। राष्ट्रपति पौडेललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र राष्ट्रपतिले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे। त्यसपछि राष्ट्रपति रनिङ शिल्ड टर्च ओलम्पियनहरू देवु […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 16, 2024

केएनपी नेरोलेक महिला भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको‌ आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २०७० सालदेखि आयोजना भएको प्रतियोगिताको‌ यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुनेछ। प्रतियोगितालाई‌ केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री‌ हेड मनोजकुमार […]

Success

Thank you for your time.