6 years ago
January 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्प्यिनसिप सुरु हुनुअघि नै हेल्प नेपाल स्पोर्टस क्लब र बुद्ध टोल भलिबल क्लब पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा शुक्रबार सुरु हुने च्याम्पियनसिपको लागि बिहीबार भएको खेल तालिका टेक्निकल मिटिङमा पुरुषतर्फको समूह डीमा हेल्प नेपाल र बुद्ध टोलमात्र रहेकोले दुवै टोली खेल्नुअघि नै अन्तिम आठमा पुगेका हुन् । अब यी दुई टोलीबीचको खेल समूह विजेताका लागि हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सुरु हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन् ।
एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
पहिलो दिन शुक्रबार तीन खेल हुने संघले जनाएको छ । पुरुषतर्फ बिहान ९ः३० बजे आर्मी र आरजी तथा एपिएफ र बुलबुलेबीच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ । महिलातर्फ हुने एकमात्र खेल न्यू डायमण्ड र पुलिसबीच दिउँसो १ः३० बजे हुनेछ ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । लिग चरणका खेलका लागि १ सय , सेमिफाइन्लका लागि १ सय ५० र फाइनलका लागि २ सय रुपैयाँ टिकट तोकिएको संघले जनाएको छ ।
माघ १० गते सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना हुने क्लब च्याम्पियनसिपको यो पाँचौं संस्करण हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]