default_image

4 years ago

January 16, 2020

न्यू डायमण्डलाई च्याम्पियन बनाउने अरुणाको लक्ष्य

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले शुक्रबारबाट सुरु हुने आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिप पनि होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबबाट नै खेल्ने भएकी छिन् । अरुणको गण्डकी प्रदेशबाट कुनै टोली च्याम्पियनसिपमा नरहेकोले उनले न्यू डायमण्डबाटै निरन्तरता दिने बताएकी छन् ।

 

‘आफ्नो ठाँउबाट कुनै क्लब सहभागी हुन्थ्यो भने त्यहिबाट खेल्ने सोच थियो,’ उनले भनिन्, ‘नभएपछि न्यू डायमण्डनै मेरो रोजाई हुन्छ । यसै साता सम्पन्न होंगान्जी न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिता पनि उनले सोही क्लबबाट खेलेकी थिइन् । आइतबार सम्पन्न उक्त प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो ।

अरुणाले गत वर्ष क्लब च्याम्पियनसिपमा पहिलो पटक न्यू डायमण्डबाट खेलेकी थिइन् । उनले न्यू डायमण्डबाट खेल्न सहज लाग्ने बताइएकी छन् । ‘न्यू डायमण्डको डिफेन्स र स्पाइक राम्रो छ,’ उनले भनिन्, ‘हामीले सुधार गर्नुपर्ने ब्लकमा हो । त्यसमा सुधार गर्न सके अझै राम्रो नजिता निकाल्न सक्छौं । ‘

न्यू डायमण्डले पहिलो दिन नेपाल पुलिस क्लबको सामना गर्दै क्लब च्याम्पियनसिपको सुरुवात गर्नेछ । न्यू डायमण्ड महिला प्रतियोगितामा यी दुवै टोली एकै समूहमा थिए । जसमा न्यू डायमण्डले पाँचौ सेटमा खेल जितेको थियो । क्लब च्याम्पियनसिपको समूह ‘बी’मा न्यू डायमण्ड र पुलिससँगै ढोरपाटन स्पोर्टस् क्लब रहेको छ । न्यू डायमण्ड प्रतियोगितामा पनि यी तीनै टोली एकै समूहमा छन् ।

क्लब च्याम्पियनसिपको समूह ‘ए’मा साविक विजेता विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । महिला च्याम्यिनसिपमा ७ टोलीको सहभागिता रहेको छ ।

अरुणाले न्यू डायमण्डमा वातावरण आफुलाई पारिवारिक लाग्ने सुनाइन् । ‘प्रतिभा (माली), सलिना (श्रेष्ठ) हामी राष्ट्रिय टोलीमा सँगै छौं । एक अर्काको खेल राम्ररी बुझेका छौं । त्यसपनि सहज हुन्छ,’ उनले थपिन्, ‘कहाँबाट खेल्ने होला भन्ने हुदैन । न्यू डायमण्डमा आफ्नोपन छ । त्यसैले आफ्नो ठाँउबाट टिम नआउँदा मेरो पहिलो रोजाई यहि क्लब हुन्छ । ‘

अरुणाले क्लब च्याम्प्यिनसिपमा टोलीलाई च्याम्पियन बनाउन कोशिस गर्ने बताइन् । ‘आफुले खेल्ने टोलीलाई च्याम्पियन बनाउने सबैको योजना हुन्छ नै । मेरो प्रयास पनि त्यहि हुन्छ,’ उनले थपिन्, एउटा खेलाडीले जिताउने त होइन । सबैले आफ्नोतर्फबाट कोशिस गर्नुपर्छ । पुरा टिमले राम्रो खेल्नुपर्छ । ‘

 

न्यू डायमण्ड कपमा खासै टोलीसँग अभ्यास गर्न नपाएको र यो बीचमा केहि दिन देखि अभ्यास गरिरहेकोले राम्रो प्रदर्शनको आशा राखेकी छिन् । ‘एपिएफ सबै प्रतियोगिताको दोबदार हो । राष्ट्रिय खेलाडीको ठूलो संख्या त्यहाँ छ । अनुभवी टोली हो,’ उनले भनिन्,’ हाम्रो टोली पनि कमजोर छैन । यसअघिको गल्तिलाई सुधार्न सके हामी पनि जित्न सक्छौं । यसपटक हामी च्याम्पियन बन्ने प्रयास गर्नेछौं ।’

अरुणाको कप्तानीमा नेपाली टोलीले पछिल्लो ३ महिनामा दुई ठूला सफलता हासिल गरेको थियो । कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको नेपाली टोलीले गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागको ३५ वर्षे इतिहासमा नेपालले रजत पदक जितेको त्यो पहिलो पटक हो ।

क्लब च्याम्पियनसिप

पाँचौं आरबिबी एनभिएमा पुरुषतर्फको च्याम्पियनसिप पनि हुनेछ । च्याम्प्यिनसिप सुरु हुनुअघि नै हेल्प नेपाल स्पोर्टस क्लब र बुद्ध टोल भलिबल क्लब पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा शुक्रबार सुरु हुने च्याम्पियनसिपको लागि बिहीबार भएको खेल तालिका टेक्निकल मिटिङमा पुरुषतर्फको समूह ‘डी’मा हेल्प नेपाल र बुद्ध टोलमात्र रहेकोले दुवै टोली खेल्नुअघि नै अन्तिम आठमा पुगेका हुन् । अब यी दुई टोलीबीचको खेल समूह विजेताका लागि हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन् ।

एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

पहिलो दिन शुक्रबार तीन खेल हुने संघले जनाएको छ । पुरुषतर्फ बिहान ९ः३० बजे आर्मी र आरजी तथा एपिएफ र बुलबुलेबीच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ । महिलातर्फ हुने एकमात्र खेल न्यू डायमण्ड र पुलिसबीच दिउँसो १ः३० बजे हुनेछ ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । लिग चरणका खेलका लागि १ सय , सेमिफाइन्लका लागि १ सय ५० र फाइनलका लागि २ सय रुपैयाँ टिकट तोकिएको संघले जनाएको छ ।

माघ १० गते सम्म चल्ने प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना हुने क्लब च्याम्पियनसिपको यो पाँचौं संस्करण हो ।

May 9, 2024

बास्केटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

May 8, 2024

अन्तर्राष्ट्रिय गल्फ दिवस– सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका […]

Success

Thank you for your time.