6 years ago
January 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– काभ्रेको बेथानचोक गाँउपालिकामा भलिबलको आधारभूत प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सुरु भएको छ ।
गाँउपालिकाको सहयोगमा बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिममा पालिका भित्रका निमावि, मावि र उच्च मावि गरि १३ विद्यालयका खेलकुद शिक्षक तथा स्थानिय पुराना भलिबल खेलाडीहरुले भाग लिएका छन् ।
४० जनाको सहभागिता रहेको तालिम भलिबलका विजय बाँदे श्रेष्ठले सञ्चालन गरिरहेका छन् ।
भलिबलमा गाँउपालिकामा भलिबलका खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष विरबहादुर लामाले बताए ।
नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सवेदीले तालिमको उद्घाटन गरेका थिए । उनले गाँउपालिकाको विकासका लागि संघले गर्न सक्ने सहयोग गर्ने बताए । गाँउपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाले गाँउको खेलकुद विकासका लागि गाँउपालिका युवाहरुसँग हातमालो गरेर अघि बढ्न सधै तयार रहेको बताए ।
बेथानचोक खेलकुद विकास समितिका सदस्य सचिव सिताराम तिमल्सिनाले समापनका दिन गाँउपालिका भित्र रहेको ३० विद्यालयलाई भलिबल र नेट वितरण गरिने कार्यक्रम रहेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]