default_image

6 years ago

January 20, 2020

न्यू डायमण्डका लागि ढोरपाटनसँगको खेल महत्वपूर्ण हुने

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिपमा सोमबार पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र बुलबुले रारा क्लब विजयी भएका छन् । महिलातर्फ नेपाल पुलिस क्लब र भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) ले सफलता हासिल गरेका थिए ।

महिलातर्फ ढोरपाटन स्पोर्टस क्लबलाई हराउँदै पुलिस क्लब अन्तिम चारमा पुगेको छ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै अन्तिम चरणमा स्थान पक्का गरेको हो ।

पहिलो खेलमा होंगान्जी न्यू डायमण्डसँग ३–२ ले पराजित भएको पुलिस ४ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको हो । पहिलो खेल जितेको न्यू डायमण्डले भने अर्को अघिल्लो चरण प्रवेशका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

न्यू डायमण्ड र ढोरपाटनबीच हुने खेलको नतिजाले समूहको विजेता, उपविजेताको टुंगोका साथै सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । न्यू डायमण्डको २ अंक छ भने ढोरपाटन अंक विहिन छ ।

महिलातर्फकै अर्को खेलमा समूह चरणबाट बाहिरिएको बिएमसीले २५–८, २५–९, २५–१५ ले हरायो । जावलाखेलपछि प्रतियोगितबाट बाहिरि सकेको छ । त्यो समूहबाट दुई विभाग साविक विजेता एपिएफ र आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा यसअघि नै अन्तिम आठमा पुगेको साविक विजेता आर्मीले नयाँबजार सामाजिक युवा क्लब लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटले हराउँदै समूह विजेता बन्यो ।

अघिल्लो चरण पुगिसकेको नयाँ बजार समूह उपविजेता बन्यो । आरजी भलिबल ग्रुप यो समूहबाट बाहिरिसकेको छ । समूह ‘बि’ को खेलमा बुलबुलेले जावलाखेललाई २५–१५, २५–२१, २५–१० ले हरायो ।

मंगलबार लिग चरणको अन्तिम दिन

पुरुष तर्फ

समूह ‘बी’ एपिएफ र जावलाखेल– बिहान ९ः३० बजे

समूह ‘सी’ पुलिसविरुद्ध मणिमुकुन्द – बिहान ११ः ३० बजे

महिला तर्फ

समूह ‘ए’ एपिएफविरुद्ध आर्मी – दिउँसो १ः३० बजे

समूह ‘बी’ न्यू डायमण्डविरुद्ध ढोरपाटन ३ः३० बजे

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.