default_image

4 years ago

January 21, 2020

पुलिस र एपिएफ पनि समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब समूह विजेता बनेको भोली पल्ट मंगलबार बाँकी दुई विभागिय टोली पनि आ आफ्नो समूह विजेता बन्दै आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम आठमा पुगेका छन् । नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल समूह ‘बी’ को विजेताका रुपमा क्वार्टरफाइनल पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब समूह विजेता बनेको भोली पल्ट मंगलबार बाँकी दुई विभागिय टोली पनि आ आफ्नो समूह विजेता बन्दै आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम आठमा पुगेका छन् ।

नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल समूह ‘बी’ को विजेताका रुपमा क्वार्टरफाइनल पुगेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले २५–१४,२५–२० र २५–१४ ले हराउँदै अघि बढेको हो । पराजित भएपनि मणिमुकुन्द पनि अन्तिम आठमा पुगेको छ ।

त्यसअघिको खेलमा एपिएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१० र २५–९ ले हरायो । समूह बीबाट बुलबुले रारा क्लब उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो । आर्मी अघिल्लो दिननै समूह एको विजेताका रुपमा अघि बढेको थियो ।

समूह एमा नयाँ बजार सामाजिक युवा क्लब उपविजेता बनेको थियो । समूह डीबाट हेल्प नेपाल स्पोर्टस क्लब समूह विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेताका रुपमा अन्तिम आठ पुगिसकेका छन् ।

महिलातर्फ पनि आज समूह चरणका अन्तिम दुई खेल हुनेछन् । अहिले समूह विजेताका लागि नेपाल एपिएफ र आर्मीबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को खेलमा होंगान्जी न्यू डायमण्ड एकेडेमीले ढोरपाटन स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसको नतिजाले समूहबाट सेमिफाइनल पुग्ने र समूह विजेताको टुंगो लाग्नेछ । पुलिस क्लब भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.