default_image

6 years ago

January 21, 2020

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

183 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को  विजेता बनेको छ ।

सेमिफाइनल पुगिसकेका दुई विभागिय टोलीको प्रतिस्पर्धामा  आर्मीलाई ३-१ ले हराउँदै एपिएफ समूह विजेता बनेको हो । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा   एपिएफले आर्मीलाई २५-१०, १९-२५,२५-१८ र २५-१० ले गरिएको थियो ।

त्यस अघि पुरुषतर्फ  विभागिय टोली पनि आ आफ्नो समूह विजेता बन्दै आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम आठमा पुगेका छन् ।

नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल एपिएफ क्लब ‘बी’ को विजेताका रुपमा क्वार्टरफाइनल पुगेका हुन् । राखेप कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले २५–१४,२५–२० र २५–१४ ले हराउँदै अघि बढेको हो । पराजित भएपनि मणिमुकुन्द पनि अन्तिम आठमा पुगेको छ ।

त्यसअघिको खेलमा एपिएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१० र २५–९ ले हरायो । समूह बीबाट बुलबुले रारा क्लब उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो । आर्मी अघिल्लो दिननै समूह एको विजेताका रुपमा अघि बढेको थियो ।

समूह एमा नयाँ बजार सामाजिक युवा क्लब उपविजेता बनेको थियो । समूह डीबाट हेल्प नेपाल स्पोर्टस क्लब समूह विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेताका रुपमा अन्तिम आठ पुगिसकेका हुन् ।

महिलातर्फ समूह चरणको अन्तिम खेलमा आज होंगान्जी न्यू डायमण्ड एकेडेमीले ढोरपाटन स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्दछ । यसको नतिजाले समूहबाट सेमिफाइनल पुग्ने र समूह विजेताको टुंगो लाग्नेछ । पुलिस क्लब भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.