default_image

4 years ago

January 23, 2020

आर्मीलाई हराउँदै न्यू डायमण्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्डले पुन फाइनलमा एपिएफसँग उपाधिको लागि भेट पक्का गरेको हो ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्डले पुन फाइनलमा एपिएफसँग उपाधिको लागि भेट पक्का गरेको हो ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले पराजित गर्यो । पहिलो सेटमा न्यू डायमण्डले सहज जित निकालेको थियो ।

दोस्रो सेटमा प्रतिस्पर्धात्मक खेल भएको थियो । एक समय दोस्रो सेटमा २१-२१ को बराबरी अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट प्रतिभा मालीले न्यू डाइमण्डलाई लगातार तीन अंकको अग्रता दिलाउँदै जित पक्का गरिन् । तेस्रो सेटमा न्यु डायमण्डले सुरुवाती देखिनै अग्रता लिदै सहज जित पक्का गरे । प्रतिभाको प्रर्दशन उत्कृष्ट रह्यो ।

आजनै भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले हराएको थियो । फाइनल शुक्रबार हुने छ । तेस्रो स्थानको लागि आर्मी र पुलिस भिड्ने छन् ।

आजै हुने पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपिएफल तथा पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.