6 years ago
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी महिला र कुलबहादुर थापा पुरुषतर्फबाट नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । उनीलाई बर्ष खेलाडी घोषित गर्दै सोमबार सम्मानित गरिएको हो ।

अध्यक्ष शर्माले गत वर्षबाट व्यक्तिगत रुपमा अवार्डको सुरुवात गरेका थिए । दुवैले समन ३५ हजार रुपैयाँ प्राप्त गरे । चोटका कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन् । दायाँ गोलीगाँठाको चोट बल्झिएपछि सरस्वती कम्तीमा तीन साता कोर्ट बाहिर रहने छिन् ।
शनिबार पवर्तमा दिदीबहिनी कपको फाइनल खेलेर फर्केपछि खुट्टा सुन्निएको थियो । गत महिना संघको आयोजना भएको एनभिए अवार्डमा पनि नेपाल एपिएफ क्लबकी सरस्वती र नेपाल पुलिस क्लबका कुल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको खुसीयालीमा अध्यक्ष शर्माले २०७४ को जेठमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषको व्याजबाट बार्षिक रुपमा दुई खेलाडीलाई अवार्ड दिदै आइएको हो ।

सोही अवसरमा एभिसी सेन्ट्रल जोन भलिबलको स्वर्ण पदक विजेता महिला टोलीलाई सम्मान गरिएको थियो । बंगलादेशबाट च्याम्पियन बनेर फर्केपछि नै अध्यक्ष शर्माले व्यक्तिगत रुपमा खेलाडी र टोलीका सदस्यलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]