6 years ago
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ ।

प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई बिहीबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिको मेयर सन्तोेष चालिसे, उप मेयर शान्ति नेपाल लगायतको उपस्थिति थियो । प्रतियोगितामा खेलाडीहरुबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट्समा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगरपालिका भित्र रहेका ४२ वटा विद्यालयका खेलाडीको सहभागिता थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]