6 years ago
February 28, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

आइतबारबाट सुरु हुने प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होंगान्जी न्यू डायमण्ड क्लबसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।
बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकूरीका अनुसार आयोजकको एउटा टोली र भारतको एसएसबी पुलिसले प्रतियोगितमा प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता समेत रहेको एपिएफको टोली शुक्रबार नै नेपालगन्ज आइसकेको छ ।

चोटका कारण टोलीकी मुख्य खेलाडी सरस्वती चौधरी र नेविका चौधरी विनानै एपिएफ नेपालगन्ज पुगेको हो । खेलको तालिका शनिबार प्रकाशित गरिने बताइएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल गराइने बताइएको छ ।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश पाउनेछन् । प्रधानमन्त्री कपको तयारीका बारेमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघिय सांसद कृष्णा केसी नमुनासहित बाँके जिल्लामा रहेको स्थानिय निकायका ८ उपप्रमुखहरुको सहभागिता रहेको थियो । सांसद केसी प्रतियोगिताको संयोजक हुन् ।

फागुन २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख , दोस्रो हुनेले १ लाख , तेस्रो हुने टोलीले ५० हजार प्राप्त गर्ने यसअघि नै संघले जनाइसकेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । डिजिटल पार्टरका रुपमा रहेको हाम्रो खेलकुद डटकमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]