6 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एनआरटी (काठमाडौं खेल मण्डल) ले आफ्ना पूर्व खेलाडी दीपक मगरलाई हालै प्रथम चामुण्डा गोकर्णेश्वर मेयर सिक्स रेड बल स्नुकर च्याम्पियनसिप जितेकोमा सम्मान गरेको छ ।

एनआरटीले दीपकलाई शनिबार बधाई दिदै १५ हजार रुपैयाँ नगदसहितले सम्मान गरेको हो । क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी, महासचिव नरेन्द्रमान श्रेष्ठलगायतले उनलाई सम्मान गरेका थिए ।
चामुण्डा स्नुकर क्लबको आयोजनामा अघिल्लो शनिबार भएको स्नुकर च्याम्पियनसिपको फाइनलमा दीपकलेले निर्माण बोगटीलाई ९–८ ले हराएका थिए । दीपकले केहि वर्ष एनआरटीबाट फुटबल पनि खेलेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]