default_image

6 years ago

February 29, 2020

आर्मीका खगेन्द्रलाई टिभिएस वीरगन्ज म्याराथनको उपाधि

181 views

0 Bookmark

वीरगन्ज (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खगेन्द्र भाटले टिभिएस वीरगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथन(४२.१९५ किमी) दौड २ घन्टा २१ मिनेट ०७. ५३ सेकेन्डमा पुरा गर्दै खगेन्द्र च्याम्पियन बनेका हुन् ।

आर्मीकै राजन रोक्का दोस्रो र हरिकुमार रिमाल तेस्रो भएका छन् । राजनले २ घन्टा २७ मिनेट ३९.९५ सेकेन्ड र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हरिले २ घन्टा २८ मिनेट ३५.८६ सेकेन्डमा दौड पुरा गरेका हुन् ।

खगेन्द्रले टिभिएस स्कुटरसहित १ लाख २५ हजार रुपैयाँ जित्दा राजनले १ लाख ५० हजार र हरिले १ लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै हाफ म्याराथनमा पनि आर्मीकै खेलाडी शीर्ष ३ मा रहन सफल भएका छन् । जसमा गजेन्द्र राई विजयी बनेका छन् । गेजेन्द्र भन्दा ६ सेकेन्डले पछि परेका दीपक अधिकारी दोस्रो र रामजी बस्नेत तेस्रो भएका छन् ।

गजेन्द्रले १ घन्टा ९ मिनेट ४९ सेकेन्डमा दौड पुरा गरेका थिए । त्यस्तै दीपकले १ घन्टा ९ मिनेट ५६ सेकेन्ड र रामजीले १ घन्टा १० मिनेट ३५ सेकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ राजपुरा पछाई पहिलो, फलुमती राना दोस्रो र विन्द्रा श्रेष्ठ तेस्रो भइन् । राजपुराले १ घन्टा १९ मिनेट ४७ सेकेन्डमा दौड पुरा गरिन् । फुमतीले १ घन्टा २४ मिनेट ३० सेकेन्ड र विन्द्राले १ घन्टा २८ मिनेट १६ सेकेन्डमा दौड पुरा गरिन् ।
पुरुष महिला दुवैतर्फका विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला १० किमी विभागिय दौडमा आर्मीकी पूर्ण लक्ष्मी नौपाने विजयी बनिन् । आर्मीकै सरस्वती भट्ट राई दोस्रो र नेपाल पुलिस क्लबलकी विर्सना कुमाल तेस्रो भइन् । महिला खुला १० किलोमिटर दौडमा सकुन्तला ठगुन्न पहिलो, मन्जु राउत दोस्रो र खिला थापा तेस्रो भइन् ।

त्यस्तै पुरुषतर्फको १० किलोमिटरमा आर्मीका कल्याण बानिया पहिलो, एपिएफका गणेश ठकुरी दोस्रो र टंक कार्की तेसे भए । पुरुष १० किमी खुलामा सागर श्रेष्ठ पहिलो, दीनेश बोगटी दोस्रो र प्रिन्सकुमार गुप्ता तेस्रो भए ।
१० किमीको सबैतर्फका विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।

म्याराथनका विजेतालाई प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरे ।

नेपाली सेना मध्य प्रितना र २८ बाहिनी, वीरगन्ज महानगरपालिका र भ्रमण वर्ष २०२० को प्रदेश २ को कार्यालयको संयुक्त आयोजनामा पहिलो पटक वीरगन्जमा भएको म्याराथनलाई टिभिएसले मुख्य प्रायोजन गरेको थियो । एकताका लागि दौड, स्वच्छ देश स्वस्थ मधेश सन्देशसहित सेना दिवसको उपलक्ष्यलाई समेत पारेर म्यानराथन आयोजना गरिएको बताइएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.