6 years ago
March 1, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा उपाधि दाबेदार तथा साविक विजेता विभागीय नेपाल एपिएफ क्लबले संघर्षपूर्ण जित निकालेको छ ।

नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको पहिलो खेलमा मुख्य स्पाइकर सरस्वती चौधरीविना केही कमजोर देखिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सरस्वती यो प्रतियोगितामा सहभागी छैनन् ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एपिएपले २३–२५ ले गुमाएको थियो । २१–१८ को अग्रता लिएर पनि एपिएफले अग्रता जोगाउन नसक्दा पहिलो सेट गुमाएको थियो ।
दोस्रो सेटमा पनि आर्मीले लिएको अग्रता उल्ट्याउदै एपिएफले २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले दोस्रो सेटमा २१–१८ को नै अग्रता बनाएको थियो ।

एकपक्षीय तेस्रो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेटमा पनि एपिएफले पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्न सफल भएको हो । एपिएफकी रेश्मा भण्डारी वमन अफ दी म्याच घोषित भएकी थिइन् ।
आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङग्वानी न्यू डायमण्ड स्पोर्टस् क्लबसहित आयोजकको एउटा टोली गरी ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
भारतीय क्लब एसएसबी पुलिसले भने कोरानाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । खेल लिगकम नकआउटका आधारमा हुनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश पाउनेछन् ।
फागुन २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टोलीले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]