6 years ago
March 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुदैछ । प्रतियोगिता तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा शुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिन समूह चरणका ६ खेल हुने प्रतियोगिताको अफिसियल इनचार्ज किसन चन्दले जानकारी गराएका छन् । दिनको पहिलो खेलमा बाग्लुङ र बाँकेबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा रुपन्देही र रोल्पा तथा तेस्रो खेलमा स्याङ्जा र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै चौथो खेलमा गुल्मी र नवलपरासी, पाँचौ खेलमा बाँके र तनहुँ तथा दिनको अन्तिम खेलमा रोल्पा र पर्वतबीच प्रतिस्पर्धा हुने ।
प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । समूह ‘ए’ मा बाग्लुङ, बाँके र तनहुँ, समुह ‘बी’ मा रुपन्देही, रोल्पा र पर्वत रहेका छन् । समूह ‘सी’ मा स्याङ्जा, पाल्पा र कास्की तथा समूह ‘डी’ मा गुल्मी, नवलपरासी र नवलपुर रहेका छन् ।
२२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २ हजार २ सय २२ रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ७२ हजार २ सय २२ तथा तेस्रो हुने टिमले ४५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन् । चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैया पाउनेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समान ५–५ हजार रुपैया प्रदान गरिनेछ । व्यत्तिगत विधाका उत्कृष्टहरुले समान ३–३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत करिव १६ लाख रुपैया रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]