default_image

6 years ago

March 4, 2020

एपिएफको वर्चस्व तोड्दै पुलिस च्याम्पियन

278 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) –  विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

नेपालगन्जस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसले एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुदाको फाइदा उठाउन सफल भयो । सरस्वती इन्ज्युरीका कारण टोलीसँग छैनन् ।

पुलिसले एपिएफमाथि लामो समयपछि जित निकालेको हो । यस्तै पुलिसले एपिएफसँगको लगातार हारको श्रृंखला तोडेको छ । पछिल्लो एक महिनामा तीन भेटमा एपिएफ नै विजयी भएको थियो ।

एपिएफले काठमाडौंमा भएको ढोरपाटन डबल लिगमा दुवै पटक पुलिसलाई हराएर उपाधि जितेको थियो । यस्तै यसै सात पर्वतमा सम्पन्न भएको दिदी बहिनी कपमा पनि एपिएफले पुलिसलाई हराएर उपाधि जितेको थियो ।

पुलिसको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पुलिसले पोखरामा सम्पन्न भएको महिला भलिबलको उपाधि जितेको थियो । एपिएफ सिजनको आठौं उपाधि जित्नबाट वञ्चित रह्यो । यस्तै एपिएफ पछिल्लो एक वर्षपछि उपाधि जित्न असमर्थ बन्यो । गतवर्ष एपिएफ आदी अवादी महिला भलिबल लिगमा उपाधिबाट वञ्चित बनेको थियो ।

बुधबार एपिएफ र पुलिसबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि पुलिसले एकपक्षीय खेल पस्कदै एपिएफलाई हार चखायो ।

सुरुवात देखि नै एपिएफविरुद्ध अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । १९–१६ को अवस्थामा पुलिसले लगातार ७ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा सुरुवातमा पछि परेपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । बराबरीकै अवस्थामा पुलिसले १८–१६ को अवस्थाबाट लगातार ६ अंक जोड्दै दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो ।

प्रतिस्पर्धात्मक तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउदै २५–१८ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

१०–१४ को अवस्था रहँदा पुलिसले उत्कृष्ट कमब्याक गर्दै जित निकाल्न सफल भएको हो । पुलिसले लगातार १४ अंक जोड्दै खेललाई २४–१४ को अवस्थामा पु¥याएको थियो । २२–१४ को अवस्थामा एपिएफकी कप्तान विनिता बुढाथोकी घाइते हुन पुगेकी थिइन् ।

उपाधिसँगै पुलिसले २ लाख रुपैया हात पार्‍यो । दोस्रो भएको एपिएफलले १ लाख रुपैया रुपैयमा चित्त बुझायो ।

बुधबारै त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । आर्मीले ५० हजार रुपैया प्राप्त गर्‍यो ।

बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.