6 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बाग्लुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बाग्लुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र गुरुङ, राजन दर्लामी मगर जस्ता नाम चलेका खेलाडी रहेपनि बाग्लुङसँग पराजित हुन पुग्यो ।

पहिलो सेट बाग्लुङले २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट स्याङ्जाले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तर, त्यसपछिको दुवै सेट बाग्लुङले २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । बिहीबार राति नै रुपन्देहीले नवलपरासीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

उपाधिसँगै बाग्लुङले १ लाख २ हजार २ सय २२ रुपैया हात पार्यो । दोस्रो भएको स्याङ्जाले ७२ हजार २ सय २२ रुपैयामा चित्त बुझायो । तेस्रो भएको रुपन्देहीले ४५ हजार ५ सय ५५ रुपैया तथा चौथो भएको नवलपरासीले २५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्यो ।

बाग्लुङका राजु विके प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । बाग्लुङकै कुस्मन थापा अनुशाषित खेलाडी घोषित भए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे । स्याङ्जाका हरि पाण्डे उत्कृष्ट स्पाइकर, बाग्लुङका मिन सुनार उत्कृष्ट सेटर, रुपन्देहीका प्रप्तम खवास उत्कृष्ट सर्भर, स्याङ्जाका कमल सुनार उत्कृष्ट ब्लकर, रुपन्देहीका जिवस रसाइली उत्कृष्ट लिवेरो, रुपन्देहीकै आदर्श रसाइली उदियमान खेलाडी घोषित हुदा स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ३–३ हजार रुपैया हात पारे ।

१९ फागुनबकाट शुरु भएको प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।
सर्वाेत्कृष्ट खेलाडी
राजु बिके – (बाग्लुङ)
अनुशाषित खेलाडी
कुस्मन थापा – (बाग्लुङ)
उदियमान खेलाडी
आदर्श रसाइली – (रुपन्देही)
उत्कृष्ट
स्पाइकर – हरि पाण्डे (स्याङ्जा)
सेटर – मिन सुनार (बाग्लुङ)
सर्भर – प्रप्तम खवास (रुपन्देही)
ब्लकर – कमल सुनार (स्याङ्जा)
लिवेरो – जिवस रसाइली (रुपन्देही)
प्रशिक्षक – राजेन्द्र शर्मा (स्याङ्जा)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]