default_image

4 years ago

May 21, 2020

सरकारको लगानी विना उकालो लाग्दै भलिबल

‘भलिबल डे’ काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई […]

108 views

0 Bookmark

‘भलिबल डे’

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई महिना देखि गरेको लकडाउनका कारण एनिभएले यस वर्ष भलिबल डेका दिन कुनै औपचारिक कार्यक्रम राखेको छैन ।

तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुद मन्त्री रहँदा सरकारले २०७४ जेठ ८ गते गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यहि मितिलाई एनभिएले विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

संघका अध्यक्ष मनोरन्जनरमण शर्माले यो वर्ष कोरोना कहरका कारण भलिबल दिवसको दिन कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रम नगर्ने बताएका छन् । तर, पनि सम्भव भएसम्म भिडियो कन्फ्रेसमार्फत एक आपसमा भलिबल दिवसको शुभकामना आदान प्रदान गरिने तयारी भएको अध्यक्ष शर्माले बताए ।

संघ सँगकै समन्वयमा न्यु डायमन्ड एकेडेमी नैकापले भलिबल डेको अवसरमा हरेक वर्ष विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलगायत भलिबलसँग सम्वन्धित क्लब तथा संघ सस्थाले यही दिनमा विशेष कार्यक्रमको आयोजना गर्दै भलिबल दिवस मनाउँदै आएका थिए ।

राष्ट्रिय खेलका लागि विभिन्न खेलले आ आफ्नो दाबी प्रस्तुत गरेपनि कम लगानी र भौगोलिक बनोट सुहाउँदो भन्दै भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो । त्यसअघि कबड्डी र डन्डीवियोलाई नेपालको राष्ट्रिय खेल मानिदै आएपनि यो आधिकारिक थिएन । संघिय संसदबाट बुधबार मात्र पारित राष्ट्रिय खेलकुद विधयक २०७६ मा पनि भलिबलाई राष्ट्रिय खेल उल्लेख गरिएको छ ।

राष्ट्रिय खेलको मान्यता पाएसँगै भलिबल वृत्तको माहोल निकै उल्लासमय बनेको थियो । अहिले भलिबल राष्ट्रिय खेल बनेको तीन वर्ष पार भएको छ । यो बीचमा भलिबललाई राष्ट्रिय खेलबाट हटाउने षड्यन्त्रसमेत रचिएको थियो । संघका अध्यक्ष शर्माले राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुँदा त्यहाँ उपस्थित सांसदहरु नै राष्ट्रिय खेलबारे अनविज्ञ रहँदा शंका उत्पन्न भएको बताएका थिए । तर, बुधबार विधयक पारित भएसँगै राष्ट्रिय खेलका विषयमा रहेको सबै खाले शंकाको अन्त्य भएको छ ।

राष्ट्रिय खेल भएपछि दुई अन्तर्राष्ट्रिय पदक

भलिबल नेपालको राष्ट्रिय खेलपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि पदक जित्न सफल भएको छ । यो बीचमा नेपालले दुई अन्तर्राष्ट्रिय पदक जित्न सफल भयो । दुवै पदक महिला भलिबल टोलीको गएको वर्ष जित्न सफल भएको हो । महिला टोलीले यो बीचमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै दुईमा पदक जित्दै नेपालमा महिला भलिबलको सम्भावनाको उजागर गरिदियो ।

गत वर्ष महिला टोलीले अहिले सम्मकै ठूलो सफलता हासिल गरेको थियो । कात्तिकमा बंगलादेशमा महिला टोलीले पहिलो सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । मंसिरमा स्वदेशमा आयोजना भएको सागमा रजत पदक जित्न सफल भयो । त्यसअघि सागमा ३ पटक कास्य पदक जितेको भलिबल टोलीले रजत पदक ३६ वर्षे सागमा पहिलो पटक जितेको हो ।

अझ फाइनलमा भारतलाई कडा टक्कर दिएको थियो । ३–२ ले फाइनल गुमाएको नेपालले भारतलाई कुनै पनि सेटमा हराएको त्यो पहिलो पटक थियो । २०७३ मा नेपाली महिला टोलीले माल्दिभ्समा भएको विश्व च्याम्पियनसिप अन्तरगत एसियाली सेन्ट्रल जोनको छनोट खेलेको थियो । नेपालले छनोट चरण पार गर्न सकेन । जुन यसअघिको प्रदर्शनको आधारमा ठुलो सफलता हो ।

यो बीचमा पुरुष टोलीले दुई सेन्ट्रल जोनसँगै एसियन गेम्स र साग गरी ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेपनि पदक जित्न भने असफल रह्यो । यद्दपि नेपालको प्रदर्शन तारिफ गर्न योग्य नै थियो ।  भलिबल राष्ट्रिय खेल हुनु ठीक दुई महिनाअघि नेपालले २०१७ मा माल्दिभ्समा आयोजना भएको सेन्ट्रल जोनमा ऐतिहासिक कास्यपदक जित्न सफल भएको थियो । जुन नेपाली पुरुष भलिबल टोलीको लागि ठुलो सफलता हो ।

यस्तै सागमा पहिलोपटक समावेश भएको बिच भलिबलमा नेपालले १३औं साग अन्तरगत गत मंसिरमा पोखरामा भएको बिच भलिबलमा नेपाली महिला बिच भलिबल टोलीले कास्यपदक जितेको थियो ।

राष्ट्रिय खेल

भलिबल नेपालको भौगोलिक बनावट अनुसार जुनसुकै ठाँउमा खेल्न सकिन्छ । भलिबललाई कतिपयले माटो सुहाउँदो खेल पनि भन्छन् । भलिबल नेपालमा लोकप्रिय खेलमा पर्दछ । २०३३ मा आधिकारिक रुपमा नेपाल भलिबल संघ दर्ता भएपछि नेपालमा भलिबलले गति लिन थालेको थियो । सुरुवाती वर्षहरुमा भलिबलले राम्रै गति लिएपनि पछि विस्तारै सेलाउदै गएको थियो ।

लामो समय संघ निश्क्रिय रहेको इतिहास पनि छ । पछिल्लो दुई कार्यकाल यता भने संघ क्रियासिल छ । दानबहादुर तामाङ संघको अध्यक्षमा निर्वाचित भएर आएपछि नेपालमा भलिबलले आफ्नो पुरानो गति समात्दै देशव्यापी रुपमा भलिबलको माहोल सिर्जना गरेको थियो । यसमै मलजल थप्ने काम हालका अध्यक्ष शर्माले गरे । जसले गर्दा पनि भलिबल नेपालको राष्ट्रिय खेल बन्न सफल भयो । भलिबल सबैको चासो बन्यो । वर्षभरी दर्जनभन्दा बढी प्रतियोगिताको आयोजना गर्ने लहडै चल्यो ।

सरकारकै सहयोग छैन

सरकारले २०७४ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गर्यो । राष्ट्रिय खेल घोषणा भएको तीन वर्ष पुरा भइसक्दा पनि संघले सरकारबाट केही पनि आर्थिक सहयोग नपाएको अध्यक्ष शर्मा बताउछन् ।

‘राष्ट्रिय खेल भइसकेपछि हामीले सरकारबाट जे अपेक्षा गरेका थियौं । त्यो एक रत्ति पनि भएको छैन । विशेषगरी एक रुपैयाँ पनि आर्थिक सहायता पाएको छैन ’ अध्यक्ष शर्माले भने, ‘संघ अहिले पनि पदाधिकारीको खल्तीबाट पैसा निकालेर चलिरहेको छ । केही प्रायोजन, ओलम्पिक कमिटि र राखेपबाट केही आर्थिक सहयोगमा चलिरहेको छ । सधै यसरी चल्न सकिदैन । यसमा सरकारले बुझिदिनुपर्ने हो । सरकार र परिषदले भलिबललाई राष्ट्रिय खेल भनेर निर्णय गरिदिनुलाई उपलब्धि मानेका होलान् । तर, लगानीको पनि आवश्यकता छ ।’

सरकारको सहयोग नभएपनि हामीले आफ्नै पहलमा ठुलो सफलता हात पारेको अध्यक्ष शर्माले थपे । हाम्रो सहयोगीको रुपमा राष्ट्रिय वाणिज्य बैंक, सुमार्गी, उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), ओलम्पिक कमिटी र राखेप रहेको छ । नेदरल्यान्डसँग राम्रो सम्बन्ध भएका कारण खेल सामग्री विदेशबाट निशुल्क पाएर चल्न सकेका छन् ।

भलिबल नेपालको राष्ट्रिय खेल भएपनि संघ, मन्त्रालय , राखेपबीच तालमेल मिल्न नसक्दा उल्लेख्य मात्रामा भलिबलको विकास हुन सकेको छैन । आफ्नै सुविधा सम्पन्न भलिबल कोर्टसँगै भौतिक पुर्वाधार नबनेसम्म भलिबल प्रतियोगिताको बाढी आएपनि यसले भलिबललाई दीर्घकालीन रुपमा बिकासमा सहयोग पुग्नेछैन । राखेपले दुई ठाउमा ग्राउन्ड दिने कुरा भइरहेपनि पक्का भइसकेको छैन ।

सेन्ट्रल जोनको सफल आयोजना

संघको आफ्नै कोर्ट नहुनु र ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अधिकार लिनु संघको लागि ठुलो चुनौतीको विषय थियो । यस्तो अवस्थाकाबीच पनि संघले गत भदौंमा पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप सफलतापुर्वक आयोजना गर्न सक्नु ठुलो सफलता हो ।

राखेप कभर्डहल १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको लागि पुर्ननिर्माणमा रहेका कारण संघले लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा प्रतियोगिता गराएको थियो । उक्त प्रतियोगितामा नेपालको प्रदर्शन उल्लेख्य नभएपनि सफल आयोजनाले सबैको मन जितेको थियो ।

संघको बजेट

भलिबल राष्ट्रिय खेल भइसकेपछि संघले हरेक वर्ष विभिन्न निजी कम्पनीसँग सहकार्य गर्दै वार्षिक बजेट तयार गर्दै आफ्नो तालिका अनुसार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संघले वार्षिक बजेट ७ करोडको हाराहारीमा पुगिसकेको छ ।

विश्व वरियतामा छलाङ

लगातारको उच्च प्रदर्शनसँगै नेपाली महिला भलिबल टोली पहिलोपटक विश्व भलिबल महासंघ ९फिभ० को वरीयतामा ठुलो छलाङ मार्न पर्न सफल भयो । नेपाली टोली अहिले विश्व वरीयताको ८६औं स्थानमा रहेको छ । यसअघि महिला भलिबल टोली १२१औं स्थानमा रहेको थियो । पुरुषतर्फ भने नेपाल १३८औं स्थानमा यथावत छ ।

युवा खेलाडीको आगमन, पुरानालाई वेवास्ता

भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भइसकेपछि देशभर नै भलिबलको प्रतियोगिताको बाढी नै लागेको छ । यसले युवा तथा जुनियर खेलाडीको पनि आगमन भइरहेको छ । यसलाई सकारात्मक रुपमा लिन सक्नुपर्दछ । महिला र पुरुष दुवै टोलीमा नयाँ खेलाडीको आगमन भइरहेको अवस्थामा संघले पुराना खेलाडीलाई उचित रुपमा बिदाई गर्न नसक्दा संघले आलोचना खेप्नु परेको छ ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.