default_image

6 years ago

May 28, 2020

युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् ।


चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ अर्ब ९९ करोड विनियोजना गरिएको थियो । त्यसअर्थ आगमी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ६३ करोड रुपैयाँ कटौैती भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बजेट उत्साहजन भएको बताएका छन् ।

‘छलफलको क्रममा १ अर्ब ६१ करोड रुपैयाँ भन्ने थियो अहिले बढेर आएको छ । बजेटमा खेलकुदलाई प्राथमिकतामा राखिने भनिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट सधै सहयोग नै हुँदै आएको छ,’ सचिव थपलियाले भने, ‘कार्यान्वयमा जाँदा रकम नपुग भएमा सरकारबाट थपिदै आएको उदाहारण छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उदाहरण लिन सक्नुहुन्छ ।’ सचिव थपलियका अनुसार मन्त्रालयका लागि विनियोजित बजेटको झन्डै ८० प्रतिशत खेलकुदमा खर्च हुनेछ ।

मन्त्रालयका लागि विनियोजित रकमको ठूलो हिस्सा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत खर्च हुनेछ । जसका सदस्य सचिव रमेशकुमार सिलवाल भने बजेटलाई मिश्रित रुपमा लिएका छन् । ‘बजेटलाई मैले दुईवटा पक्षबाट हेरेको छु । सैद्धान्तिक रुपमा बजेटमा समेटिएका विषय भौतिक पूर्वाधार, प्रशिक्षक, प्रतियोगिता सबै तहमा भन्ने विषय उल्लेख छन्,’ उनले भने, ‘तर, त्यसलाई कार्यान्वयन गर्नका लागि बजेटको रकम भने अपुग देखिन्छ । त्यसैले यसलाई मैले मिश्रित रुपमा लिएका छु । ‘

सिलवालले सागका लागि गत वर्ष बजेटमा ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको स्मरण गर्दै सरकारले चाहेको खण्डमा कार्यक्रम हेरेर पछि बजेट थप गर्दिएको उदाहारण रहेको बताए । ‘साग र खेलकुदका अन्य पूर्वाधार निर्माणका लागि पनि हामीले पछि बजेट पाएका छौं,’ उनले थपे, ‘त्यसअर्थ हामीले पछि पाउने सम्भावना पनि रहन्छ । रातो किताब आइसकेपछि बजेटका बारेमा अझै थप प्रष्ट हुनेछ ।’

मन्त्री खतिवडाले बजेटमा खेलकुदलाई यसरी सम्बोधन गरे

खेलकुद मार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि खेलकुद क्षेत्रको समग्र बिकास अघि बढाउन संघ प्रदेश र स्थानिय तहको सहकार्यमा खेलकुद पुर्वाधारको निर्माण, प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।

निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसरको निर्माण एवम् अन्य प्रादेशिक रंगशाला निर्माण शुरु गर्न आवश्यक रकम विनियोजन गरेको छु । सबै स्थानिय तहमा खेलग्रामको बिकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पुर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु । खेलकुद पुर्वधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पुर्वाधार बिकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छु ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.