5 years ago
June 18, 2020
पोखरा (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन सुरु गरेको थियो । सरकारले कोरोनाको न्यूनिकरणका लागि भन्दै घोषणा गरेको थियो । असार १ गतेबाट लक डाउनको स्वरुप परिवर्त भएको छ । जसले गर्दा पोखरा रंगशालामा खेल गतिविधि सुरु हुन थालेको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको पहिलो सातादेखि नै पोखरा रंगशालाभित्र कुनै गतिविधि नगर्न निर्देशन दिदैँ सूचना जारी गरेको थियो । लकडाउन गर्नु अघि नै राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशन अनुसार रंगशालाभित्र कुनै पनि खेलकुद गतिविधि नगर्न जिल्ला खेलकुद विकास समिति कास्कीले सर्वसाधारणको लागि मुख्य प्रवेशद्वारमै सूचना टाँस गरेको थियो ।
अहिले रंगशाला प्रवेश गर्नेको ज्वरो नाप गरी प्रवेश गर्न दिइएको छ । सरकारले बढि भिडभाड हुने स्थान भन्दै तत्कालका लागि खेलकुद गतिवधि नगर्न निर्देशन जारी गरेको छ । तर पोखरा रंगशालामा भने भित्री रुपमा तालिम सुचारु हुन थालेका छन् । लकडाउनको समयमा खेलाडीलाई पोखरा रंगशाला हाता भित्र प्रशिक्षण गर्न समेत रोक लगाएको छ ।
अहिले भने पोखरा रंगशालाभित्र अहिले टेनिस, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल र करातेको प्रशिक्षण सुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले सरकारले निर्णय गरेको बाहेक अन्य खेल नखेल्न आग्रह गर्दै भने, सरकारले व्यक्तिगत इभेण्ट बाहेक समुहगत खेलिने कुनै पनि खेलको लागि खुल्ला हुने छैन ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]