default_image

4 years ago

September 28, 2021

ओलम्पियन्स संघको अध्यक्षमा थापा र विष्टको दाबेदारी

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको संस्था नेपाल ओलम्पियन्स संघको बुधबार नेतृत्व चयन हुने भएको छ । १५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापा र व्यक्तिगत खेलका सर्वाधिक सफल खेलाडी दीपक विष्टबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध भइसकेको छ । महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् । २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना चुनिसकेकी छन् भने अर्को एक उपाध्यक्षका लागि रघुराज वन्त र प्रविण तुलाधरबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै ३ महिलासहित ९ सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । समान ५ महिला र पुरुषले उम्मेदवारी दिएका छन् । राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजु, फूलमाया क्याप्चाकी, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, कमलबहादुर अधिकारी र राजेन्द्र प्रधानले सदस्यमा उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा ५९ ओलम्पियनसँग मताधिकार रहेको छ । एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले ओलम्पियनहरुलाई संगठित गर्नका लागि एनओसीले पहल लिए जनाउँदै ओलम्पियन्स एसोसियन स्वतन्त्र संघ भएको बताएका छन् । एनओसीले एसोसियनसको नेतृत्व चयनलाई लागि वरिष्ठ अधिवक्ता लोकभक्त राणाको संयोजनमा निर्वाचन समिति गठन गरेको छ । त्यसकै प्रयोजनमा लागि एनओसीले ओलम्पियनहरुलाई नाम दर्ताका लागि अव्हान गरेको राजवैद्यले बताए ।

‘सार्वजनिक अव्हान गरेको थियौं । ५९ ले मात्र दर्ता गर्नुभयो,’ उनले भने ,’ अब त्यहिबाट नेतृत्व चयन हुनेछ ।’ नेपालबाट ओलम्पियनमा भाग लिने खेलाडी एसोसियनको सदस्यका लागि योग्य हुनेछन् । नेपाली ओलम्पियनहरु एक सय भन्दा बढी रहेको अनुमान गरिएको छ । यद्दपी त्यसको यकिन संख्यामा भने छैन । तीमध्ये केहि विदेशमा रहेको र केहिको मृत्यु भइसकेको बताइन्छ ।

झन्डै दशक अघि सुनिललाल जोशीको अध्यक्षतामा ओलम्पियन्स संघ गठन भएको थियो । २०७४ जेठ २६ गते जोशीको निधन भएदेखि झण्डै दुई वर्ष संघ नेतृत्वविहन थियो । २०७६ जेठ २९ मा तत्कालिन उपाध्यक्षलाई संघको कार्यवहाक अध्यक्ष तोकिएको थियो । राखेपमा दर्ता त्यो एसोसियनलाई एनओसीले पनि मान्यता दिएको थियो ।

अध्यक्षका आकंक्षी थापाले मनोनयनका बारेमा जानकारी पाएपछि उम्मेवदारी दिएको बताए । ‘त्यस्तो धेरै उथुलपुथल गर्छु भन्दा पनि यो अवसरलाई सदुपयोग गरेको हो । जितिन्छ नै भन्ने छैन,’ उनले भने, ‘मलाई हार्न कुनै अप्ठेरो छैन । ओलम्पिकमा नकआउट भएको थिए । वाकओभर भन्दा नकआउट राम्रो हो । त्यसैले यहाँ पनि नकआउट हुँदा मलाई केहि फरक पर्दैन ।’

अर्का अकांक्षी विष्टले भने ओलम्प्यिनहरुको महत्व सबैलाई बुझाउन आवश्यक रहेको आफू निर्वाचित भएमा त्यसका लागि प्रयास गर्ने बताएका छन् । ओलम्पिक मुभमेन्टका बारेमा सबैलाई बुझाउन दिन जरुरी रहेको भन्दै विष्टले भने, ‘देशमा बढी भन्दा बढी ओलम्पियन हुन् भन्नका लागि खेल र खेलाडीको महत्व बुझाउन जरुरी छ । संघले त्यसमा प्रचारात्मक भूमिका निर्वाह गर्न सक्छ ।’

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.