2 years ago
August 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्यिम्पियनसिपको यू १५ टिम इभेन्ट्सको फाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको हलचोस्थित एपिएफको कभर्डहल जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको छ ।
पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे । दाश्रो सेटमा रिहाना शेरचनले अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याईन् । यस्तै तेश्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै बंगलादेशले २–१ को अवस्थामा पु¥यायो ।
दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए । अन्तिम तथा निर्णायक खेलमा सुविन र रिहानाको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गरेपछि नेपालले अन्तिम दुईको यात्रा तय गरेको थियो ।

अर्को सेमिफाइनलमा श्रीलंकाले भुटानलाई ३–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । श्रीलंकाका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१–६, २१–७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१–८, २१–८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनको जोडीलाई २१–९, २१–११ ले हराएको थियो ।
च्याम्पियनसिपको दोश्रो दिन शनिबार यू–१७ को टिम इभेन्ट्समा बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्दै फाईनल प्रवेश गर्यो । बंगलादेशका एस.एस.एम. सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१–१२, २१–७, सिनथिन खानोम प्रियुन्तीले कृती गुरुङ्गलाई २१–१८, २१–५ र राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले अभिक बालामपाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१–५, २१–१० ले पराजित गर्यो ।
अर्को सेमिफाइनलमा श्रीलंकाले नेपाललाई ३–० ले नै पराजित गर्दै अन्तिम दुईको यात्रा तय गर्यो । श्रील्ंकाका थिदासा वेरागोडाले नेपालका कविर के.सी.लाई २१–१७, १५–२१, २३–२१, रनिथमा लियानागेले रोजी राईलाई २१–५, २१–३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर के.सी. र अभय महराको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्यो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]