default_image

2 years ago

October 10, 2023

यु १९ क्रिकेट टोली मलेसिया प्रस्थान

886 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने यु १९ प्रिमियर कप खेल्न नेपाली युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । 

प्रिमियर कप बिहीबार सुरु हुने प्रिमियर कप कात्तिक ७ सकिनेछ । जगत टमटाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीले बिहिबार इरानसँग प्रतिस्पर्धा गर्दै प्रिमियर कपको यात्रा सुरु गर्नेछ ।

नेपाल समूह ए मा बहराइन, साउदी अरेबिया र इरानसँग छ । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् ।

समूह डी मा हङकङ, मलेसिया, इन्डोनएसिया र जापान छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा यू१९ एसिया कप खेल्न पाउनेछन् ।

गत मार्चमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकपमा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा छन् । विश्व कप छनोटपछि यू १९ टोली पहिलो प्रतियोगिता खेल्दैछ ।

July 15, 2025

‘डेभिस कप छनोट पारदर्शी छ’- टेनिस संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टोली छनोट गरिएको बताएको हो । सन् २०२४ को आइटिएफको शीर्ष २ हजारभित्र रहेकाले अभिषेक र नेपाल नम्बर एक प्रदीप […]

July 14, 2025

सिन्नरले पहिलो पटक जिते विम्बल्डन उपाधि

एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]

July 13, 2025

स्वियातेकलाई पहिलो पटक विम्बल्डन उपाधि

एजेन्सी – पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन उपाधि जितेकी छिन्। स्वियातेकले शनिवार अमान्दा एनिसिमोवामाथि ६–०, ६–० को क्रूरतापूर्ण जित निकाल्दै पहिलो पटक विम्बल्डन उपाधि हात पारेकी हुन्। फाइनल मात्र ५७ मिनेटमा टुंगिएको थियो। यो अमेरिकी खेलाडी एनिसिमोवाका लागि कठोर अनुभव थियो । तर स्वियातेकसँग यस्तै पराजय भोग्नुपर्ने उनी मात्र एक्ली होइनन्। सन् २०२१ मा पनि स्वियातेकले […]

Success

Thank you for your time.