1 year ago
September 15, 2024
हिमाल खरेल,भद्रपुर
कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ ।
भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।
उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार रुपैयाँ प्राप्त गर्यो।
तेस्रो भएका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीले समान १० हजार रुपैयाँ पायो।
पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेको छ ।
फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडा जोडीलाई १४-२१, २१-१७,२१-१४ ले हराउँदै जीवन र श्रवणको जोडीले उपाधि जितेको हो। विजेता जोडीले उपाधिसँगै ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
भद्रपुरको मेची रंगशालाको कभर्ड संघका भएको प्रतियोगिताको विजेतालाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकाल लगायतले पुरस्कृत गरे।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]