8 years ago
August 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता अरहान्तकेशर सिंह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्याम्पियन बने ।
पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१० र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए । यसैगरी, महिला सिंगल्सको उपाधि जोगाउन भावनाले फाइनलमा कृष्णा थापालाई ६–११, ११–७, ११–२ र ११–७ को सेटमा हराइन् । भावनाले ११ हजार र कृष्णाले ६ हजार नगद पुरस्कार हात पारे ।
जुनियर ब्वाइज यु–१५ सिंगल्समा गोपाल थापाले सलिम थापा मगरलाई ११–२, ८–११, ११–३ र ११–३ को सेटमा फाइनलमा पाखा लगाउदै स्वर्ण चुमे । यसअघि जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोन पहिलो भएका थिए ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा इन्द्रबहादुर कार्की पहिलो भए । उपाधि भिडन्तमा उनले किशोर महर्जनलाई ११–७, ११–३ र ११–५ को सीधा सेटमा पन्छाए । मास्टर्स ४५ देखि ५४ वर्षको पुरुष सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–५, ११–६ र ११–४ ले पराजित गर्दै पहिलो बने । पुरुष सिंगल्सको प्लेटमा आकाश सुनवारले बाजी मारे । उनले फाइनलमा रत्नकाजी शाक्यमाथि ११–१३, १२–१०, ११–८, ११–१३ र ११–५ को जित निकाले ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । नेपाल स्क्वास ¥याकेट्स संघले आफ्ना अध्यक्ष किशोर महर्जनका माता धनलक्ष्मीको स्मृतिमा आयोजना गरेको छदिने प्रतियोगितामा ८५ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ८१ हजार रुपैयाँ रहेको थियो । भेट्रान र प्लेटमा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]