default_image

5 years ago

April 23, 2019

रत्नजित ब्याडमिन्टन एसियाको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक रत्नजित तामाङ चीनको वुहानमा सञ्चालन भैरहेको ब्याडमिन्टन एसिया २०१९ को दोस्रो चरणमा प्रवेश गरेका छन् । रत्नले पुरुष एकलको पहिलो खेलमा लाओसका नमवुन लुआङ्गामाथमाथि २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नले पहिलो सेटमा २१–१५ को जित निकाले पनि दोस्रो सेट १९–२१ ले गुमाएको थियो […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक रत्नजित तामाङ चीनको वुहानमा सञ्चालन भैरहेको ब्याडमिन्टन एसिया २०१९ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।

रत्नले पुरुष एकलको पहिलो खेलमा लाओसका नमवुन लुआङ्गामाथमाथि २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नले पहिलो सेटमा २१–१५ को जित निकाले पनि दोस्रो सेट १९–२१ ले गुमाएको थियो । तर, तेस्रो सेट रत्नले २१–१२ ले सहजै जिन्त सफल भएको थियो ।

राष्ट्रिय प्रतियोगिताको थकान मेट्न नपाउदै चीन पुगेका रत्नले पहिलो खेलमै जित हात पारेका हुन् । ब्याडमिन्टन एसियामा रत्नसँगै दोस्रो वरीयताका दिपेश धामी पनि छन् । रत्नले पुरुष एकल र पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछ । रत्नलाई दिपेशले पुरुष डबल्समा साथ दिनेछ ।

दुवै दाङको घोराहीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप लगत्तै चीन प्रस्थान गरेका थिए । आठौंमा दिपेशले रत्नजितलाई पराजित गरेका थिए ।

राष्ट्रिय प्रतियोगिता पश्चात ब्याडमिन्टनका रत्नजित र दिपेशसँगै प्रिन्स दाहाल अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि बाहिर छन् । प्रिन्स सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ का लागि थाइल्यान्डमा छन् ।

ब्याडमिन्टन एसिया च्याम्पियनसिप एसियाको ब्याडमिन्टनको सबैभन्दा ठुलो प्रतियोगिता हो । रत्न र दिपेशले वाइल्ड कार्डमार्फत च्याम्पिययनसिपमा प्रवेश पाएका थिए ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]

March 12, 2024

पिकलबल च्याम्पियनसिपमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालले कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो । नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र […]

Success

Thank you for your time.