7 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सका लानिर एलेक्स मिचेललाई पराजित गर्दै नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बैंककमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा प्रिन्सले लानिर एलेक्स मिचेललाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–१९ ले जितेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट प्रिन्सले २३–२१ ले जित्न सफल भयो । अब प्रिन्सले क्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
प्रिन्सले यसअघि पहिलो राउन्डमा जापानका, दोस्रो राउन्डमा थाइल्यान्डका र तेस्रो चरणमा मलेसियाका खेलाडीलाई पराजित गरेका थिए । प्रिन्सको प्रशिक्षक र व्यवस्थापकका रुपमा उनका मामा कमलेस निरौला रहेका छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]