6 years ago
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पोल्यान्डमा आयोजना हुने योनेक्स बिडब्लूएफ विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप काटोविसमा नेपाली लाइन जज् पनि रहने भएका छन् ।
ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्यूएफ) का नेपाली सर्टिफिकेट अन्तर्राष्ट्रिय लाइन जर्ज उदय अर्यालले च्याम्पियनसिपमा लालन जज् गर्ने मौका पाएका छन् ।

च्याम्पियनसिपका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिडब्लूएफले आफुलाई जनवरी १ बाट सर्टिफिकेटन इन्टरनेसनल ब्याडमिन्टन लाइन जज् को मान्यता दिएको अर्यालले जानकारी दिए ।

ब्याडमिन्टन एसियाका एक्रिडिएटेड तथा नेपाल ब्याडमिन्टन संघका राष्ट्रिय ब्याडमिन्टन अम्पायर समेत रहेका अर्याललाई बिहिबार अर्को एक्रिडिएटेड अम्पायर दीपक थापालगायत अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरुले बिदाई गरेका थिए ।
त्यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्याललाई विदाई गरेका थिए ।
प्राधिकरणका कर्मचारी समेत रहेका आर्याललाई विदाई गर्दै घिसिङले बिडब्लूएफ जस्तो अन्तर्राष्ट्रिय निकायबाट मान्यता पाएर विश्व स्तरीय प्रतियोगितामा मौका पाएकोमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभकामना दिए । एसियाबाट उक्त च्याम्पियनसिपका लागि ३ जना टेक्निकल अफिसिएल छनोट हुँदा आर्याल परेका हुन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]