3 years ago
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पौडी खेलाडी नासिर याह्या हुसेन र डुवाना लामाले राष्ट्रिय कीर्तिमान राखेका छन् । नेपाल पौडी संघको आयोजनामा भएको दसौं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर र डुवानाले मंगलबार कीर्तिमान राखेका हुन् । नासिर र डुवाना दुवैले दुई वटा कीर्तिमान बनाएका हुन् ।

नासिरले १ सय मिटर ब्याकस्ट्रोक १ मिनट ४.४६ सेकेन्डका पूरा गर्दै किर्तिमान राखेका हुन् । उनले तेन्जिनले हिट चरणमा राखेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले १ सय मिटर बटरफ्लाईमा ५९.९४ सेकेन्डको कीर्तिमान बनाएका छन् ।
सायद हम्जा शाहले सिंगापुरमा आयोजना भएको ५१ औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा राखेको ५९.९४ सेकेन्डको कीर्तिमानलाई भंग गरेका हुन् । यस्तै डुवानाले हिट चरण राखेको आफ्नै कीर्तिमानलाई भंग गरेकी हुन् । उनले ३५.८९ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् । हिटमा उनले ३५.८३ को कीर्तिमान राखेकी थिइन् ।
यस अघि हिट चरणमा यस्तै तेन्जिनले १ सय मिटर ब्याकस्ट्रोकमा १ मिनट ५.८७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । उनले आफैले नवौं एन.एस.ए. कप २०१९ मा १ मिनट ८.२५ सेकेन्डको कीर्तिमानलाई भंग गरेका हुन् । यस विधामा नासिरले पनि १ मिनट ५.९९ सेकेन्डका साथ किर्तिमान भंग गरेता पनि अन्तिम किर्तिमान तेन्जिनको नाममा नै रह्यो ।
डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ किर्तिमान कायम गरेकी हुन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]