default_image

9 years ago

August 14, 2016

ललितपुर पौडीमा एलएको वर्चस्व

176 views

0 Bookmark

काठमाडौं, साउन ३० गते ।

लिटिल एन्जल्स (एलए) स्कुलले दोश्रो ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
इमाडोल स्विमिङ पुलमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एलएले १ सय ६३ अंक जोड्दै उपाधि रक्षा गर्‍यो । ४५ अंकसाथ प्रिमियर दोश्रो भयो भए भने तेश्रो स्थानको युलेन्सले ४४ अंक बटुल्यो ।

swimming

ललितपुर जिल्ला पौडी संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पावेल शाह तथा गल्र्समा इभा काफ्लेले सर्वाधिक स्वर्ण जिते । एलएका दुवैले ४ गुणा ५० मिटर फ्रिस्टायल मिक्स रिलेसहित समान ६–६ स्पर्धामा स्वर्ण हात पारे । पावेलले १२–१४ वर्ष उमेरसमूहको ५० मिटर ब्रस्टस्ट्रोकमा ४१.२६ सेकेन्ड, ५० मिटर बटरफ्लाइमा ३६.९५ सेकेन्ड, १ सय मिटर व्यक्तिगत मिड्लेमा १ मिनेट २६.१५ सेकेन्ड, ५० मिटर ब्याकस्ट्रोकमा ३९.८५ सेकेन्ड तथा ५० मिटर फ्रिस्टायलमा ३४.२० सेकेन्ड समय निकाल्दै ५ व्यक्तिगत स्पर्धामा शीर्ष स्थानमा रहे ।
त्यस्तै मिक्स रिलेमा पावेलले नेकोन पुर्जा, श्रीयान्सी श्रेष्ठ र इभासंग मिलेर स्वर्ण जिते । मिक्स रिलेमा पावेलको टोलीको टाइमिङ २ मिनेट २२.४० सेकेन्ड रह्यो । व्यक्तिगत ५ स्पर्धामा स्वर्ण हात पार्ने क्रममा इभाले १५–१६ वर्षको १ सय मिटर व्यक्तिगत मिड्ले १ मिनेट ३८.०८ सेकेन्ड, ५० मिटर ब्रेस्टस्ट्रोक ४७.८३ सेकेन्ड, ५० मिटर बटरफ्लाइ ४८.४५ सेकेन्ड, ५० मिटर ब्याकस्ट्रोक ४६.९४ सेकेन्ड तथा ५० मिटर फ्रिस्टायल ३७.७८ सेकेन्डमा पूरा गरिन् ।

विजेतालाई नेपाल प्रहरीका प्रहरी अत्तिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, एलएकी संस्थापक निर्देशक विद्या लिम्बू, आयोजक संघका अध्यक्ष मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका ९० ब्वाइज र ५६ गल्र्स गरी जम्मा १ सय ४६ खेलाडीले विभिन्न ३३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.