default_image

2 years ago

October 10, 2023

देहरादून म्याराथनमा नेपालीको उत्साहजनक प्रदर्शन

500 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा–नेपालगन्ज म्याराथनको समन्वयमा नेपालबाट सहभागी ४ जना खेलाडीले भारतको देहरादून म्याराथनमा उत्साहजनक प्रदर्शन गरेर फर्केका छन्। म्याराथनको ५० देखि ५९ उमेर समूहमा रेवतबहादुर दाहाल विजयी भएर फर्केका छन् ।


उनीसँगै देहरादून म्याराथनमा सहभागी नेपाली खेलाडी राजु श्रेष्ठले २१ किलोमिटरको हाफ म्याराथनमा आफ्नो उमेर समूह ४० –४९ मा दोस्रो स्थान ल्याए । जहरमान गुरुङ्ग सोही उमेर समूहमा चौथो भए । ५०–५९ उमेर समूहमा १० किलोमिटर दौडमा भाग लिएका शिवलाल ओली तेस्रो बनेर फर्किए ।

‘जिते देशका लागि हारे स्वास्थ्यका लागि भन्ने मूल नारा लिएर हामी त्यहाँ पुगेका थियौं’, आफ्नो उमेर समूहमा विजयी भएर फर्केका दाहालले, ‘४२ किलोमिटरको पूरा म्याराथनमा युवाहरूको बीचमा दौडे र सफलता प्राप्त गरे । यसमा सन्तुष्ट छु।’
६ सय बढी सहभागी रहेको म्याराथनको मुख्य विधामा महेन्द्र सिंह विष्ट पुरुषतर्फ र शशी मेहता महिला तर्फ च्याम्पियन बनेका थिए ।

सोमबार देहरादून म्याराथनमा भाग लिएर फर्किएका उनीहरूलाई मंगलबार धारा नेपालगन्ज म्याराथनका तर्फबाट आयोजकले नेपालगन्जमा स्वागत, सम्मान गरेको छ । आयोजकका तर्फबाट क्रियटिभ ह्याण्डसका कार्यकारी अध्यक्ष टीएस ठकुरी लगायतले भारतमा गएर नेपाली खेलाडीको प्रतिनिधित्व उत्साहजनक ढंगले फर्किएका चारै जनालाई स्वागत, सम्मान गरेका हुन् ।

‘नेपालगन्ज म्याराथन जस्तै एम्स सर्टिफाइड म्याराथन भएकाले नेपालीहरूको सहभागिताका लागि रेस डाइरेक्टर अनिल मोहनसँग समन्वय गरी खेलाडी पठाइएको थियो’, अध्यक्ष ठकुरीले विश्वव्यापी रूपमै नेपाली खेलाडीहरूलाई सहभागी गराउँदै लैजाने उद्देश्य सुनाउँदै भने, ‘हामी चाहन्छौं, नेपालगन्ज म्याराथनका सहभागीहरू विश्वका एम्स सर्टिफाइड ठूला, ठूला म्याराथनमा सहभागी हुन सकुन् ।’

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.