default_image

2 years ago

February 24, 2024

सन्तोषीलाई धरान १० के उपाधि

1310 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले धरान १० के महिलातर्फको उपाधि जितेकी छन् ।

पोखरामा‌ हाफ म्याराथनको उपाधि जितेको एक सातामा शनिबार धरानमा भएको १० किमीमा सन्तोषी पहिलो भएकी हुन् । सन्तोषीले ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् ।

छेन्बीमाया माया राई (४४ मिनेट ०२ सेकेन्ड) दोस्रो र इन्द्रकला नेम्वाङ (४४ मिनेट २८ सेकेन्ड) तेस्रो भइन् ।

सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जितेकी थिइन्। उनको त्यो म्याराथनमा डेब्यू थियो। ४ वर्ष अघि स्वदेशमा‌ भएको १३ औं दक्षिण एसियाली खेलकुदमा‌ सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

पुरुषतर्फ केन्याका जुलियस मुरुकीले उपाधि जितेका छन् । मुरुकीले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । उनले गत साता पोखरा म्याराथनको उपाधि जितेका थिए। १० केमा प्रशान्त तामाङ (३४ मिनेट) दोस्रो र पवन राई (३४ मिनेट ११ सेकेन्ड) तेस्रो भएका छन् ।

भेट्रान्सतर्फ रेव दाहालले विजयी भएका छन्। ३९ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै रेवतले उपाधि जितेका हुन्।
कर्मा शेर्पा (४२ मिनेट ४२ सेकेन्ड) दोस्रो र प्रविण राई (४४ मिनेट ४८ सेकेन्ड) तेस्रो भए ।

तिलविक्रम सम्बाहाम्फेले सुपर भेट्रान्सको‌ उपाधि जितेका छन्। तिलविक्रमले ४४ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेका थिए। वीरेन्द्र लिम्बु (५० मिनेट ३४ सेकेन्ड) दोस्रो र वीरमान तामाङ (५३ मिनेट २७ सेकेन्ड) तेस्रो भएका थिए।

१० केका दुबैतर्फका विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । विभिन्न विधामा गरि झन्डै ३ हजार ७ सयले भाग लिएका थिए।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.