1 year ago
November 9, 2024
नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमा
जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् ।
शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए ।
छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे र जनताकै ऋतु बिष्ट तेस्रो भइन् ।
धारा नेपालगन्ज म्याराथनकाे दशक यात्राका अवसरमा आयाेजित ‘दस बर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराकाे गाैघाटमा ग्रीन रन आयाेजना गरिएको हाे ।
दाैडमा दुवैतर्फको विजेताले समान ५, दाेस्राेले ३ र तेस्रोले २ हजार रुपैयाँ प्राप्त गरे।

लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।
जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दाैडमार्फत जागरण फैलाउन दाैड आयाेजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।
‘फिल द ग्रिन इन यु’ नारा सहित भएको ग्रीन रनकाे उदघाटन गर्दै प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालकाे दाैड प्रतियोगितालाई बार्षिक क्यालेन्डरमा समावेश गरि निरन्तरताकाे आधार तयार गर्ने प्रतिबद्धता जनाए ।

नेपालगन्ज म्याराथनकाे दस बर्षमा दस इभेन्ट अन्तर्गत असाेज ३ गते नेपालमा पहिलोपटक रात्री दाैड नेपालगन्ज १० के, राप्तीसाेनारी रन आयाेजना गरिसकेको छ । दसौं धारा नेपालगञ्ज मंसिर २२ गते हुनेछ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]