default_image

1 year ago

November 9, 2024

काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ सम्पन्न

600 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ ।

असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्।

उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ।

ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर अगाडिबाट सुरु भएको दौड सोही स्थानमा पुगेर टुंगिएको थियो । जसमा झन्डै ८ सयको सहभागिता रहेको जनाइएको छ।

मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठ ज्यु र ललितपुर महानगरपालिका वडा न १६ का वडा अध्यक्ष निर्मल शाक्यले दौडको उद्घाटन गरेका थिए ।

कार्यक्रमका मुख्य आयोजक तथा काठमाडौं म्याराथन टिमले अर्को १७ औ संस्करण सन् २०२५ सेप्टेम्बर २० मा हुने पनि जनाएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.