default_image

7 months ago

May 22, 2025

धारा नेपालगन्ज म्याराथनकाे टोली थाइल्यान्डतर्फ

606 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनकाे ४ सदस्यीय पदाधिकारी टाेली बिहीवार थाइल्यान्ड प्रस्थान गरेको छ ।

थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रवार हुने एसिया राेड रेस फाेरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बैंकक तर्फ प्रस्थान गरेका हुन् ।

सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ज्ञान कर्णाली हाफ म्याराथनका सदस्य सचिव हुन् ।

एसियाकाे प्रतिष्ठित ब्याङ्सेन १० किमि राेड रेस अघि हुने एसियाली दाैड सम्मेलनमा नेपालबाट धारा नेपालगन्ज म्याराथनले दाेस्राेपटक सहभागिताकाे अवसर पाएकाे हाे । यसअघि गत बर्ष थाइल्यान्डको हातएईमा संस्थापक अध्यक्ष ठकुरीले भाग लिएका थिए ।

थाइल्यान्डमा रनिङ इभेन्ट आयाेजकहरुकाे साझा संस्था थाइल्यान्ड मास स्पाेर्ट्स पार्टिसिपेन्ट एसाेसियसनले हरेक बर्ष फरकफरक सहरमा एसिया राेड रेस फाेरम आायाेजना गर्दै आएको छ ।

पूर्वी एसियाली देशहरूलाई लक्षित गरि आयाेजना हुने फाेरममा विश्व प्रतिष्ठित विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । फाेरम लगत्तै एक्स्पाे भ्रमणको अवसर रहेकोले केही सिक्ने अवसर प्राप्त हुनेछ ।

रेस नेपालले यो बर्षदेखि काठमाडौं २५के नेपाल हेरिटेज रन तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स यही जेठ २३ र २४ गते काठमाडौंमा गर्दैछ ।

साथै विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे बाेर्ड बैठककाे आतिथ्यता गर्दैछ । आइतबार बिहान आयोजना हुने ब्याङ्सेन १० किमि रेस अवलोकन पश्चात् टाेली नेपाल फर्कनेछ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.